images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • सरकारविरुद्ध आवाज उठाएपछि जेनजी आन्दोलनका घाइते...

सरकारविरुद्ध आवाज उठाएपछि जेनजी आन्दोलनका घाइते पवन खड्का पक्राउ

सरकारविरुद्ध आवाज उठाएपछि जेनजी आन्दोलनका घाइते पवन खड्का पक्राउ

images
images
मंगलवार, भाद्र २३ २०८३
मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौं । सरकारको विरोध गर्दै आवाज उठाएपछि मंगलबार जेनजी आन्दोलनका घाइते पवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनमा गृहमन्त्रीसहित मन्त्रीहरू सहभागी कार्यक्रममा विरोध जनाएपछि खड्कालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन् ।

    images
    images

    सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाका लागि केही नगरेको भन्दै खड्काले कार्यक्रममा आवाज उठाएका थिए । आफूलाई बोल्न दिनुपर्ने माग गर्दै विरोध जनाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।खड्का जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्ति हुन् । सरकारले आन्दोलनका घाइते तथा प्रभावितका सवालमा प्रभावकारी काम नगरेको भन्दै उनले कार्यक्रममा विरोध जनाएका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend