images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • रसुवाका बाढीपीडितलाई अनेरास्ववियूको राहत, २६ परिवारलाई...

रसुवाका बाढीपीडितलाई अनेरास्ववियूको राहत, २६ परिवारलाई घरदैलोमै सहयोग

रसुवाका बाढीपीडितलाई अनेरास्ववियूको राहत, २६ परिवारलाई घरदैलोमै सहयोग

images
images
मंगलवार, भाद्र २३ २०८३
मंगलवार, भाद्र २३ २०८३
  • रसुवा । अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको मानवीय सहायता अभियानलाई निरन्तरता दिएको छ। अभियानअन्तर्गत रसुवाका विभिन्न प्रभावित क्षेत्रमा पुगेर बाढीपीडित परिवारलाई राहत सामग्री वितरण तथा स्थानीय तहलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको छ।अनेरास्ववियूका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा गएको टोलीले रसुवाको नौकुण्ड गाउँपालिका–४ मा वडा अध्यक्ष नोकेन्द्र तामाङको प्रत्यक्ष रोहबरमा २६ जना बाढीपीडित परिवारलाई घरदैलोमै पुगेर राहत सामग्री वितरण गरेको हो।त्यसैगरी, बाढीबाट अत्यन्त प्रभावित उत्तरगया गाउँपालिका–बेत्रावती क्षेत्रमा गाउँपालिका प्रमुख माधव अर्याल तथा वडा नं. ५ का वडा अध्यक्ष यमनाथ आचार्यलाई खाद्यान्न, औषधि, लत्ताकपडा, सोलार, बत्ती, टर्चलाइट, भाँडाकुँडा तथा सरसफाइका आवश्यक सामग्री हस्तान्तरण गरिएको अनेरास्ववियूले जनाएको छ।

    images
    images

    अभियानका क्रममा विपत्तिमा परेका नागरिकलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउँदै उनीहरूको पीडामा साथ दिने प्रयास गरिएको अनेरास्ववियूले जनाएको छ।अनेरास्ववियूका उपाध्यक्ष अशोक थापाका अनुसार, अध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा सञ्चालन भइरहेको मानवीय सहायता अभियान केवल राहत वितरणमा सीमित नभई विपत्तिमा परेका नागरिकप्रतिको ऐक्यबद्धता, जिम्मेवारी र मानवीयताको प्रतिबद्धता हो।थापाले विपत्तिमा परेका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए। उनले अभियानमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा सहयोगी मनहरूप्रति आभार व्यक्त गर्दै अनेरास्ववियूले आफ्नो क्षमताअनुसार निरन्तर सेवा र सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend