images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • भोटेकोशी बाढीका मृतक परिवारलाई नीलकण्ठ नगरपालिकाले...

भोटेकोशी बाढीका मृतक परिवारलाई नीलकण्ठ नगरपालिकाले ४० हजार दिने

भोटेकोशी बाढीका मृतक परिवारलाई नीलकण्ठ नगरपालिकाले ४० हजार दिने

images
images
सोमवार, भाद्र २२ २०८३
सोमवार, भाद्र २२ २०८३
  • धादिङ । भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीमा परी अकालमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई नीलकण्ठ नगरपालिकाले रु ४० हजार उपलब्ध गराउन थालेको छ ।

    images
    images

    नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिले मृतकका आफन्त एवं परिवारजनको घरमै पुगेर उक्त रकम उपलब्ध गराएका हुन् । भोटेकोशीको बाढीमा ३८ जना नगरवासी परेको प्रारम्भिक विवरण रहेको छ । तीमध्ये केहीको मृत्यु पुष्टि भइसकेको छ भने केही अझै सम्पर्कविहीन भएको जनाइएको छ । केही परिवारले बेपत्ता आफन्त जीवित भेटिने सम्भावना नरहेको ठहर गर्दै अन्तिम काजकिरिया सुरु गरेका छन् ।सम्पर्कविहीन नागरिकको खोजीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको नगरपालिकाले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend