images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • वैकल्पिक मार्गबाट ग्यास आपूर्ति बढ्दा पनि...

वैकल्पिक मार्गबाट ग्यास आपूर्ति बढ्दा पनि उपत्यकामा अभाव कायमै

वैकल्पिक मार्गबाट ग्यास आपूर्ति बढ्दा पनि उपत्यकामा अभाव कायमै

images
images
सोमवार, भाद्र २२ २०८३
सोमवार, भाद्र २२ २०८३
  • काठमाडौं  । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि राजधानी काठमाडौं उपत्यका ग्याँस अभाव महशुस भएको थियो । अहिले पनि उक्त अभाव कायमै रहेको छ । यद्यपी पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट ८७ हजारभन्दा बढी सिलिन्डर ग्यास काठमाडौं ल्याएको नेपाल आयल निगमले दाबी गरेको छ । निगमका अनुसार विभिन्न १८ वटा कम्पनीले बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरीमा रहेका उद्योगबाट ‘रिफिलिङ’ (पुनः भर्ने) गरेर ८७ हजार आठ सय ७७ वटा सिलिन्डर काठमाडौं ल्याइएको हो ।

    images
    images

    भदौ १८ गते २४ हजार चार सय ९४, भदौ १९ गते ३४ हजार एक सय ३४ र भदौ २० गते २९ हजार दुई सय ४९ वटा सिलिन्डर उपत्यका भित्रिएका निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्गमार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको दाबी गरेको छ । यद्यपि काठमाडौं उपत्यकामा भने उपभोक्ता ग्यास नपाएर आजित बनिरहेका छन् ।शनिबार उपत्यकाका विभिन्न स्थानबाट ग्यास सिलिन्डर निगमले बाँडेको थियो । जहाँ सयौँ मानिस सिलिन्डर बोकेर लिन गए पनि ग्यास नपाई फर्किनुपरेको थियो । शनिबार बालाजु औद्योगिक क्षेत्रमा लामो लाइनमा बसे पनि अन्तिममा सकिएको भन्दै धेरै उपभोक्ता रित्तो सिलिन्डर बोकेर फर्किएका थिए ।

    भदौ १४ गते त्रिशूलीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा इन्धन बोकेका ट्यांकर तथा ग्यास बुलेट बाटैमा रोकिएका थिए । त्यसलगत्तै निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगमा भरिएका ग्यास सिलिन्डर काठमाडौं ल्याउने व्यवस्था गरेको हो । निगमले ग्यास आपूर्तिलाई सहज बनाउन सार्वजनिक बिदाका दिनमा पनि ‘रिफिलिङ’ र ढुवानी नियमित गर्न ग्यास उद्योगलाई निर्देशन दिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend