images

२०८३ आश्विन १७ गते

images
images
images

फिल्म ‘गौँथली’ प्रदर्शनको ५१औँ दिन पुरा

फिल्म ‘गौँथली’ प्रदर्शनको ५१औँ दिन पुरा

images
images
आइतवार, भाद्र २१ २०८३
आइतवार, भाद्र २१ २०८३
  • काठमाडौँ । फिल्म ‘गौँथली’ ले प्रदर्शनको ५१औँ दिन पुरा भएको छ । फिल्मले शनिबारबाट प्रदर्शनको ५१ औँ दिन पुरा गरेको हो । फिल्मले काठमाडौँ उपत्यकाभित्र र बाहिर गरेर तीन दर्जन भन्दा धेरै हलमा ५१औँ दिन मनाउन सफल भएको छ । फिल्मका निर्देशक कपिल रिजाल हुन् ।‘गौँथली’ हाल ४३ हलमा प्रदर्शनरत रहेको निर्माता सुमन गिरीले बताए । ‘हाम्रो फिल्म ४३ हलमा ५९ शो सहित प्रदर्शन भइरहेको छ’, निर्माता गिरीले भने– ‘हालसम्म २५ करोड ८० लाख बढी कलेक्सन गरेको छ ।’ यो कलेक्सनबाट गौँथली धेरै कमाउने दोस्रो नेपाली फिल्म बनेको छ । पहिलो स्थानमा भने केही महिना अगाडि प्रदर्शन भएको ‘पूर्णबहादुरको सारङ्गी’ रहेको छ ।

    images
    images

    ‘हाम्रो मेहनत र दर्शकको मायाले हामी ५१औँ दिन मनाउन सफल भएका छौँ’, निर्देशक रिजालले भने– ‘यो मायाले हामीलाई थप जिम्मेवार बनाएको छ ।’फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिना लगायतको अभिनय छ ।भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend