images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा...

राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा आलु प्याज संघ

राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा आलु प्याज संघ

images
images
बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • जनकपुरधाम । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूलाई राहत प्रदान गर्न जनकपुरको आलु प्याज व्यवसायी संघ प्रभावित क्षेत्रमा पुगेको छ । संघले संस्थमा आबद्ध आलुप्याज व्यवसायीसँग सहयोग उठाउँदै करिब ५ लाख रुपैंयाको राहत सामग्री लिएर उनीहरु प्रभावित स्थलमा पुगेका हुन् । उनीहरुले राहत सामग्रीमा १ सय ७ बोरा चामल, ८ बोरा दाल, ११ बोरा आलु, ७ बोरा च्यूरा, २७ बोरा भुजा, ८ बोरा नुन, ८ बोरा सोयाबिन तथा तथा अन्य खाद्य सामग्री प्रभावित नागरिकलाई वितरण गर्ने भएका हुन् । 

    images
    images

    विपद्मा परेका नागरिकलाई सहयोग गर्नु हामी सबैको कर्तव्य भएको भन्दै व्यवसायीहरूले सक्दो चाँडो जति भयो त्यति नै वितरण गर्न हामी प्रभावित स्थलमा पुगेको संघका अध्यक्ष सुरज साहले बताए । अकल्पनीय घटना घटेको बताउँदै यस्तो बेला सबै नागरिकले यो पिडा सम्झिँदै सक्ने जति सहयोग गर्न आग्रह समेत गरे । व्यवसायीहरूले स्थानीयको आवश्यकताका आधारमा यी राहत सामग्री वितरण गर्ने बताएका छन् । व्यवसायीहरू थोरै भएपनि यस्तो विपद्मा सहयोग गर्नुपर्छ भन्दै पेठिया बजारका व्यापारीसँग गच्छे अनुसार दिएको रकमबाट यी खाद्यान्न किनेको जानकारी दिए । राहत सामग्री लिएर प्रभावित स्थलमा जानु पूर्व उनीहरूको टोलीलाई जनकपुर उद्योग वाणिज्य संघले बिदाइ गरेको थियो ।

    गत भदौ १० गते आएको बिनासकारी बाढीका कारण नुवाकोट, रसुवा, धादिङ, गोर्खा लगायतका स्थानका धेरै ठाउँ प्रभावित बनेका छन् । कहालीलाग्दो घटनामा परेका कतिपयको परिवार नै बेपत्ता अवस्थामा छन् । सयौँको संख्यामा ज्यान गएको छ । बाढीले ठुलो संख्यामा मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend