images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • भोटेकोशी बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीद्वारा...

भोटेकोशी बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीद्वारा आर्थिक सहयोग

भोटेकोशी बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीद्वारा आर्थिक सहयोग

images
images
बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौं, भदौ १८ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिक तथा परिवारको उद्धार, राहत र पुनःस्थापनाका लागि नेपाली सेफ सोसाइटीले आर्थिक सहयोग गरेको छ।

    images
    images
    NCS CHQ DON.jpg
    undefined

    नेपाली सेफ सोसाइटी केन्द्र तथा सोसाइटीमा आबद्ध सदस्यहरूबाट संकलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। विपद्को कठिन समयमा बाढी प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग रकम प्रदान गरिएको सोसाइटीले जनाएको छ।

    भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतका गतिविधि जारी रहेका बेला सोसाइटीले मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै पीडित परिवारको राहत तथा पुनःस्थापनामा योगदान पुर्‍याएको हो।

    images
    images

    नेपाली सेफ सोसाइटीले प्राकृतिक विपद्मा परेका नागरिकको पीडामा साथ दिनु सबैको मानवीय दायित्व भएको जनाएको छ। तत्कालीन राहतसँगै प्रभावित नागरिकको दीर्घकालीन पुनःस्थापना तथा पुनर्निर्माणका लागि सरकार, निजी क्षेत्र, संघसंस्था र सर्वसाधारणबीच सामूहिक सहयोग तथा सहकार्य आवश्यक रहेको सोसाइटीको भनाइ छ।

    सोसाइटीले भनेको छ, “विपद्मा परेका नागरिकको पीडामा साथ दिनु नै हाम्रो मानवीय दायित्व हो।”

    सहयोग अभियानमा आर्थिक तथा अन्य रूपमा योगदान पुर्‍याउने सोसाइटीका सम्पूर्ण सदस्य, शुभेच्छुक तथा सहयोगीहरूप्रति सोसाइटीले आभार व्यक्त गरेको छ।

    भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आगामी दिनमा समेत आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने सोसाइटीले जनाएको छ।

    सोसाइटीले सरकार, विभिन्न संघसंस्था, निजी क्षेत्र तथा सर्वसाधारणलाई समेत बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आ–आफ्नो क्षमता र स्रोतअनुसार सहयोग गर्न आग्रह गरेको छ।

    भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि विभिन्न व्यवसायिक संस्था, सामाजिक संघसंस्था तथा सर्वसाधारणबाट सहयोग जुट्ने क्रम जारी रहेको छ। यस्तो सामूहिक सहयोगले विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै पुनःस्थापनाको प्रक्रियालाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend