images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • भोटेकोशी बाढीः जुम्लाका सम्पर्कविहीन नागरिकको खोजी...

भोटेकोशी बाढीः जुम्लाका सम्पर्कविहीन नागरिकको खोजी कार्यजारी

भोटेकोशी बाढीः जुम्लाका सम्पर्कविहीन नागरिकको खोजी कार्यजारी

images
images
शनिवार, भाद्र १३ २०८३
शनिवार, भाद्र १३ २०८३
  • जुम्ला, १३ भदौः रसुवाको भोटेकोशीमा बुधबार आएको बाढीपछि सम्पर्कविहीन भएका जुम्लाका नागरिकको खोजी र उद्धार जारी छ । पातारासी गाउँपालिकाबाट सबैभन्दा बढी रोजगारीका लागि रसुवा पुगेकामध्ये ७६ सम्पर्कविहीन भएकामा हालसम्म १८ जना परिवारको सम्पर्कमा आएका छन् ।
     
    सम्पर्कविहीन भएका नागरिकको खोजी र सम्पर्कमा आएकाको उद्धार कार्यलाई अगाडि बढाउनका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य भइरहेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिएका छन् । उनका अनुसार रसुवामा कामका लागि पुगेका पालिकाभित्रका सबैभन्दा बढी वडा नं ४, ५, ६ का स्थानीय छन् ।

    images
    images

    बाढी आएपछि आफन्तले खोजीका लागि हारगुहार गरेका छन् । गाउँपालिकाले सार्वजनिक सूचनामार्फत सम्पर्कविहीन भएका पालिकाका नागरिकका परिवारजन तथा आफन्तजनले उपलब्ध भएसम्म सम्बन्धित व्यक्तिको नाम, ठेगना, सम्पर्क नम्बर गाउँपालिकालाई जानकारी गराई उद्धार तथा राहतमा सहयोग पुर्‍याउन सबैलाई अनुरोध गरेको गाउँपालिका अध्यक्ष बोहोराले बताएका छन् ।

    जिल्ला प्रशासन कार्यालय जुम्लाका सूचना अधिकारी मीनबहादुर रावलका अनुसार स्थानीय तहबाट प्राप्त विवरणअनुसार हालसम्म कामका लागि जुम्लाबाट रसुवा पुगेका ९१ जनाको नाम, ठेगाना पुष्टि भएको छ । तीमध्ये सबैभन्दा बढी पातारासीका ७६, गुठीचौरका १०, सिञ्जाका दुई, हिमाका एक र चन्दननाथ नगरपालिका दुई रहेका उनले जानकारी दिएका छन् । 

    images
    images

    हालसम्म सम्पर्कमा आएका पातारासीका १८ र एक जना चन्दननाथ नगरपालिकाका रहेका सूचना अधिकारी रावलले जानकारी दिएका छन् । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका पातारासीका नागरिकलाई नेपाली सेनाले शुक्रबार बिहानैदेखि उद्धारको प्रसार जारी राखेको जुम्लाका सांसद ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend