images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • भोटेकोशी बाढीपीडितका लागि लोकदोहोरी प्रतिष्ठानले १...

भोटेकोशी बाढीपीडितका लागि लोकदोहोरी प्रतिष्ठानले १ लाख १ हजार सहयोग गर्ने

भोटेकोशी बाढीपीडितका लागि लोकदोहोरी प्रतिष्ठानले १ लाख १ हजार सहयोग गर्ने

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।प्रतिष्ठानको केन्द्रीय समितिको आकस्मिक बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तत्कालका लागि रु.१,०१,१११ (अक्षरेपी एक लाख एक हजार एक सय एघार रुपैयाँ) आर्थिक सहयोग हस्तान्तरण गर्ने निर्णय गरेको हो।

    images
    images

    प्रतिष्ठानका अध्यक्ष रिता थापामगर र महासचिव शिव हमालद्वारा बिहीबार एक संयुक्त विज्ञप्ति जारी गरी सहयोगको जानकारी गराएका हुन् । ‘भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका नदी तटीय क्षेत्रमा भएको ठुलो भौतिक तथा मानवीय क्षतिप्रति प्रतिष्ठानले गहिरो दुःख व्यक्त गर्दछौ’, विज्ञप्तिमा अगाडि भनिएको छ, ‘प्राकृतिक विपत्तिको यस कठिन घडीमा पीडित नागरिकहरूको राहत र पुनर्स्थापना लागि सहयोग गर्नु सबैको सामाजिक तथा मानवीय दायित्व हो ।’प्रभावित क्षेत्रमा राहत कार्यलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन प्रतिष्ठानले आफ्ना मातहतमा रहेका प्रदेश, जिल्ला तथा स्थानीय कमिटीहरू र शुभेच्छुकहरूबाट थप राहत रकम तथा सहयोग सामग्री जुटाउने अभियान सञ्चालन गर्ने समेत जनाएको छ ।

    784180987_1055072294048152_7087868201130669558_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend