images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • बाढी प्रभावित क्षेत्रमा सेनाको राहत र...

बाढी प्रभावित क्षेत्रमा सेनाको राहत र उद्धार तीव्र, ११४ जनाको उद्धार

बाढी प्रभावित क्षेत्रमा सेनाको राहत र उद्धार तीव्र, ११४ जनाको उद्धार

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित बस्तीहरूमा सेनाले राहत सामग्री लैजान थालेको छ । सबैभन्दा बढी प्रभावित ठाउँ टिमुरेमा बिहीबार बिहानसम्ममा ४ सटल सामग्री पुर्‍याइएको सेनाले जनाएको छ ।सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार ११ ट्रक सामान नुवाकोटको त्रिशूलीमा पठाइएको छ । त्रिशूलीबाट हेलिकप्टरमार्फत रसुवामा सामान पठाइने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    images
    images

    बिहीबार बिहानैदेखि सेनाका ५ वटा हेलिकप्टर उद्धारमा परिचालन गरिएको हो । आज बिहान रसुवाको मैलुङ टनेलबाट ३ जना र टिमुरेबाट १४ जनाको हवाई उद्धार गरिएको सेनाले जनाएको छ । त्यस्तै जमिनी मार्गबाट सेनाले ६३ जनाको उद्धार गरेको छ ।सेनाले अहिलेसम्म ११४ जनाको उद्धार गरेको छ । नुवाकोटदेखि चितवनसम्म सेनाले खोज तथा उद्धारमा २ हजार भन्दा बढी फौज परिचालन गरेको छ । गएराति सेनाको ११ वटा टिमले जमिनी उद्धार जारी राखेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend