images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • म्याग्दीमा एक वर्षमा चार किलोमिटरभन्दा बढी...

म्याग्दीमा एक वर्षमा चार किलोमिटरभन्दा बढी पदमार्ग निर्माण

म्याग्दीमा एक वर्षमा चार किलोमिटरभन्दा बढी पदमार्ग निर्माण

images
images
आइतवार, भाद्र ७ २०८३
आइतवार, भाद्र ७ २०८३
  • म्याग्दी । एकीकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका योजनाअन्तर्गत चार दशमलव १९ किलोमिटर पदमार्ग निर्माण भएको छ।गत वर्ष कार्यालयले सञ्चालन गरेका पर्यटन पूर्वाधार निर्माणसम्बन्धी २४ वटा योजनाका लागि रु एक करोड ४० लाख बजेट विनियोजन भएकामा रु एक करोड १० लाख बजेटका १९ वटा योजना सम्पन्न भएका हुन्।योजनामार्फत पर्यटकीयस्थलमा पक्की र कच्ची पदमार्ग, विश्रामस्थल, आश्रयस्थल, पर्खाललगायत पूर्वाधार निर्माण भएको कार्यालयका प्रमुख सम्झेर घर्ती क्षेत्रीले जानकारी दिए। “सबै योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका हुन्”, उनले भने, “प्रतिकूल भूगोल, मौसम र अन्य कारणले रु ३० लाख बजेटका पाँच वटा योजना कार्यान्वयन भएनन्।” पर्यटकीय पूर्वाधार बनेपछि पर्यटक, स्थानीयवासी र पर्यटक मजदुरलाई आवतजावतमा सहज भएको छ।

    images
    images

    मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा ५२० मिटर पक्की पदमार्ग र धार्मिक स्थल प्रभुचेलामा तीन कोठे आश्रयस्थल भवन निर्माण भएको छ। मालिका–४ मा गौखेरेबाट मतौका चनौटे र वडा नम्बर ३ को लामखोरिया डाडागाउँ जोड्ने पदमार्ग निर्माण भएको छ।बेनी नगरपालिका–९ मा ढाडापधेरा आरोटा, पाखाथर, ८ को बराहपाखोमा पदमार्ग र १ को सनातन धार्मिक आश्रम र २ को लभ्लीहिलमा घेराबार निर्माण भएको छ। मङ्गला गाउँपालिका–४ को गम्फाधुरी र धवलागिरी गाउँपालिका–४ को खिवाङ–चेचुङ पदमार्ग निर्माण भएको छ।रघुगङ्गा गाउँपालिका–३ गलेश्वरदेखि बगैँचा, ५ र ६ को फुलडाडामा पदमार्ग तथा ३ को गायत्री मन्दिरमा सत्तल निर्माण भएको छ। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ झरना, ७ को टिकोटबाट सोबन्ध, १ मारका, ६ चित्रे हुँदै घान्द्रुक देउराली र ३ को फगाम–सुवा–दुवारी–मतिचौर जोड्ने पदमार्ग निर्माण भएको छ।चालु आर्थिक वर्ष २०८३/०८४ का लागि गण्डकी प्रदेश सरकारबाट २४ वटा योजनाका लागि रु एक करोड ८५ लाख बजेट प्राप्त भएको छ। बजेट विनियोजन भएका योजनाको सर्वेक्षण, लागत अनुमान तयार र उपभोक्ता समिति गठन गरी कार्यान्वयन प्रक्रिया थालिएको कार्यालयका इन्जिनियर सुमन बोगटीले बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend