images

२०८३ आश्विन २३ गते

images
images
images

फिल्म ‘सारथी’ मंसिर ११ गतेदेखि प्रदर्शनमा

फिल्म ‘सारथी’ मंसिर ११ गतेदेखि प्रदर्शनमा

images
images
शुक्रवार, भाद्र ५ २०८३
शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौं । फिल्म ‘सारथी’ आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले अभिनेत्री निरुता सिंहको चरित्र लुक्स सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो ।सार्वजनिक पोस्टरमा निरुता यसअघिका भूमिकाभन्दा फरक र गम्भीर अवतारमा देखिएकी छन् । पोस्टरमा उनको काखमा दुधे बालक रहेको छ भने उनको खुट्टाको पैतालाबाट रगत चुहिरहेको देखिन्छ ।

    images
    images

    किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्ममा तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता छन् । म्याग्दीको गुर्जा क्षेत्रमा छायांकन गरिएको फिल्ममा उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीको अभिनय छ ।रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको फिल्ममा बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता तथा अमीर केसी लाइन प्रोड्युसर छन् । फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend