images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • ‘म मदनकृष्ण’मा वर्षा राउत भित्रिइन्, हरिवंशकी...

‘म मदनकृष्ण’मा वर्षा राउत भित्रिइन्, हरिवंशकी श्रीमतीको भूमिकामा देखिने

‘म मदनकृष्ण’मा वर्षा राउत भित्रिइन्, हरिवंशकी श्रीमतीको भूमिकामा देखिने

images
images
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौँ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म ‘म मदनकृष्ण’मा वर्षा राउत भित्रिएकी छन् । निर्माण टिमका अनुसार  उनी हरिवंश आचार्यको श्रीमतीको भूमिकामा देखिनेछिन् । फिल्ममा हरिवंशको भूमिकामा अरुण क्षेत्री छानिएका छन् । वर्षा र अरुणले पहिलो पटक एकसाथ अभिनय गर्न लागेका हुन् ।मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन सङ्घर्ष र आरोह–अवरोहलाई समेटेर निर्माण हुने बायोपिक ‘म मदनकृष्ण’लाई मिलन चाम्सले निर्देशन गर्नेछन् । उनले गत वर्ष राष्ट्रिय फुटबल टिमकी गोलरक्षक तथा क्याप्टेन अन्जिला तुम्बाप्पेको बायोपिक फिल्म ‘अञ्जिला’ निर्माण गरेका थिए ।

    images
    images

    फिल्ममा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठी र उनकी पत्नीको भूमिकामा केकी अधिकारीलाई देख्न सकिन्छ ।मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाहलगायतको कथा बायोपिकमा समावेश हुनेछ । फिल्ममा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनाल लगायतको अभिनय रहनेछ । भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक फिल्मलाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend