images

२०८३ आश्विन २४ गते

images
images
images

कोलम्बियाको भूकम्पप्रति सरकारले गर्यो दुख व्यक्त

कोलम्बियाको भूकम्पप्रति सरकारले गर्यो दुख व्यक्त

images
images
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौँ । कोलम्बियाको पश्चिम भागमा गएको शक्तिशाली भूकम्पका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ ।परराष्ट्र मन्त्रालयले आज एक प्रेसनोट जारी गर्दै भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट कोलम्बिया सरकार तथा त्यहाँका जनताप्रति सहानुभूति व्यक्त गरेको छ ।

    images
    images

    परराष्ट्र मन्त्रालयले भनेको छ “यस कठिन परिस्थितिमा नेपाल सरकार र नेपाली जनता कोलम्बियाली सरकार र जनताको साथमा दृढताका साथ उभिएका छन् ।’’ नेपाल सरकारले भूकम्पका कारण बेपत्ता भएकाहरूको शीघ्र तथा सफल उद्धारको कामना गरेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend