images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • साउन २१ गते राष्ट्रिय सभा बैठक...

साउन २१ गते राष्ट्रिय सभा बैठक बस्ने

साउन २१ गते राष्ट्रिय सभा बैठक बस्ने

images
images
सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ । राष्ट्रिय सभाको बैठक विभिन्न महत्त्वपूर्ण प्रतिवेदनहरू पेस गर्दै आगामी साउन २१ गतेसम्मका लागि स्थगित भएको छ। सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक साउन २१ गते बिहीबार दिउँसो सवा १ बजे बस्ने गरी स्थगित गरेका हुन् । सोमबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले दुई वटा वार्षिक प्रतिवेदन पेस गरिन् । मन्त्री गौतमले ‘मधेसी आयोगको आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन’ र ‘मधेसी आयोगको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन’ पेस गरेकी हुन् । 

    images
    images

    बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले पनि समितिको प्रतिवेदन पेस गरे ।  सभापति पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभासमक्ष पेस गरेका हुन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend