images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • मिस नेपाल २०२६: मौलिक ज्ञान र...

मिस नेपाल २०२६: मौलिक ज्ञान र आधुनिक शिक्षाको फ्युजनसहित प्रतिमा खड्का मैदानमा

मिस नेपाल २०२६: मौलिक ज्ञान र आधुनिक शिक्षाको फ्युजनसहित प्रतिमा खड्का मैदानमा

images
images
मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • काठमाडौं। सौन्दर्य प्रतियोगितालाई केवल बाह्य सुन्दरतामा मात्र सीमित नराखी उद्देश्य, सेवा र सामाजिक जिम्मेवारीको राष्ट्रिय मञ्चका रूपमा उपयोग गर्ने संकल्पसहित मिस नेपाल २०२६ मा प्रतियोगी नम्बर १४ प्रतिमा खड्का दरिलो दाबेदारका रूपमा प्रस्तुत भएकी छन् । एक समर्पित सामाजिक कार्यकर्ता, मानसिक स्वास्थ्य अभियन्ता तथा सामुदायिक नेतृत्वकर्त्री खड्काले यस मञ्चलाई नेपालका युवापुस्तामाझ अर्थपूर्ण सन्देश पुर्‍याउने अवसरका रूपमा लिएकी छन्।

    images
    images

    अन्तर्राष्ट्रिय अनुभव र नेपाली माटोको सुगन्ध :
    अष्ट्रेलियाबाट समुदाय सेवामा स्नातक (Bachelor of Community Services) र सामाजिक कार्यमा स्नातकोत्तर (Master of Social Work) गरेकी प्रतिमासँग बहुसांस्कृतिक समुदायहरूसँग प्रत्यक्ष काम गरेको लामो अनुभव छ। अष्ट्रेलियामा आर्जन गरेको ज्ञान, सीप र अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालको मौलिक ज्ञान र संस्कृतिसँग जोडेर दिगो सामाजिक परिवर्तन ल्याउने उनको दृढ संकल्प छ।"नेपाललाई परिवर्तन गर्न विदेशी सोच मात्र आवश्यक छैन; बरु विश्वस्तरीय अभ्यासलाई नेपालको मौलिक ज्ञान र संस्कृतिसँग जोडेर अघि बढ्न सकिन्छ," खड्का भन्छिन्।

    मानसिक कल्याण: विलासिता होइन, आधारभूत आवश्यकता
    सन् २०१६ देखि 'आर्ट अफ लिभिङ फाउन्डेसन'मा सक्रिय स्वयंसेवक तथा 'दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया' (न्यू साउथ वेल्स) की राज्य सचिवसमेत रहेकी प्रतिमा मानसिक स्वास्थ्यको उपचार मात्र नभई मानसिक कल्याणको शिक्षा (Mental Well-being Education) लाई प्राथमिकतातर्फ लैजानुपर्नेमा जोड दिन्छिन्।उनका अनुसार मानसिक शान्ति र आत्मिक दृढताको खोजी कमजोरी नभई साहस र सशक्तीकरणको प्रतीक हो। विद्यालयहरूमा भावना व्यवस्थापन, तनाव नियन्त्रण र भावनात्मक रूपमा बलियो बन्ने जीवनोपयोगी सीपहरू सिकाउनुपर्ने उनको मुख्य एजेन्डा रहेको छ।

    images
    images

    नेपालको प्राचीन दर्शनलाई विश्वमाझ पुर्‍याउने लक्ष्य
    विश्वले खोजिरहेको धेरै मानसिक र आध्यात्मिक समस्याको उत्तर नेपालको संस्कृति, परम्परा र जीवनदर्शनमा शताब्दीयौँदेखि रहेको प्रतिमाको विश्वास छ। ध्यान, सचेत श्वासप्रश्वास, योग र माइन्डफुलनेस जस्ता अमूल्य अभ्यासहरूलाई आधुनिक पुस्तासँग जोड्दै व्यवहारिक र वैज्ञानिक रूपमा दैनिक जीवनमा लागू गराउनु उनको उद्देश्य हो।नेपालको वास्तविक शक्ति यहाँको पारिवारिक सम्बन्ध, सहकार्यको भावना र मानवीय संवेदना भएको उल्लेख गर्दै उनी भन्छिन्, "जब एक व्यक्ति भित्रबाट सन्तुलित र सक्षम बन्छ, उसले आफ्नो परिवारलाई सशक्त बनाउँछ; सशक्त परिवारले समुदाय र समुदायले बलियो राष्ट्र निर्माण गर्छ।"

    वातावरण र जलवायु परिवर्तनप्रति चासो
    मानसिक कल्याणका साथै खड्का जलवायु परिवर्तन र वातावरण संरक्षणप्रति पनि उत्तिकै संवेदनशील छन्। कृषि र प्राकृतिक स्रोतमा निर्भर नेपालका लागि जलवायु परिवर्तन जनजीविका र खाद्य सुरक्षासँग जोडिएको मुद्दा भएकोले प्रकृतिको संरक्षण र मानव कल्याणलाई सँगै लैजानुपर्ने उनको धारणा छ।मिस नेपालको यस यात्रामार्फत प्रतिमा खड्का भावनात्मक रूपमा सक्षम, सामाजिक रूपमा जिम्मेवार, वातावरणप्रति सचेत र मौलिक मूल्यमा गर्व गर्ने नयाँ पुस्ताको निर्माण गर्न चाहन्छिन्। नेपाललाई केवल सगरमाथाको देशका रूपमा मात्र नभई विश्वलाई करुणा, सचेत जीवनशैली र प्राचीन ज्ञानको मार्गदर्शन गर्ने राष्ट्रका रूपमा स्थापित गर्ने उनको दीर्घकालीन सपना रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend