images

२०८३ आश्विन २८ गते

images
images
images

दाङमा ४५ बोरा युरिया मल बरामद

दाङमा ४५ बोरा युरिया मल बरामद

images
images
बिहिवार, श्रावण ७ २०८३
बिहिवार, श्रावण ७ २०८३
  • दाङ ।  प्रहरीले बिलबिजक नभएको ४५ बोरा युरिया मल बरामद गरेको छ ।  इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले बिहीबार बिलबिजक नभएको ४५ बोरा युरिया मल बरामद गरेको हो ।राप्ती गाउँपालिका–१ भालुवाङ चोकस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा ४५ बोरा युरिया मल बरामद गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  

    images
    images

    सो मलको अनुमानित मूल्य रु. १,०१,२५० (एक लाख एक हजार दुई सय पचास) रहेको समेत प्रहरीले जनाएको छ ।बरामद गरिएको उक्त युरिया मल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय, कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend