images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • सुमन आचार्य लुम्बिनी विकास बैंकको सीईओमा...

सुमन आचार्य लुम्बिनी विकास बैंकको सीईओमा नियुक्त

सुमन आचार्य लुम्बिनी विकास बैंकको सीईओमा नियुक्त

images
images
बिहिवार, आषाढ २५ २०८३
बिहिवार, आषाढ २५ २०८३
  • काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन आचार्यलाई नियुक्त गरेको छ।

    images
    images

    बैंकको असार २४ गते बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई आगामी सीईओका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी हाल बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) तथा चिफ बिजनेस अफिसरका रूपमा कार्यरत छन्।

    बैंकका अनुसार आचार्यले साउन १ गतेदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन्।

    images
    images

    लामो समयदेखि बैंकिङ क्षेत्रमा कार्यअनुभव हासिल गरेका आचार्यले लुम्बिनी विकास बैंकको व्यवसाय विस्तार, रणनीतिक व्यवस्थापन तथा सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। उनको नेतृत्वमा बैंकले सेवा विस्तार, डिजिटल बैंकिङ तथा ग्राहकमुखी सेवामा थप प्रभावकारी रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend