images

२०८३ आश्विन १७ गते

images
images
images

एकैदिन माइक्रोसफ्टले हटायो ४८०० कर्मचारी

एकैदिन माइक्रोसफ्टले हटायो ४८०० कर्मचारी

images
images
मंगलवार, आषाढ २३ २०८३
मंगलवार, आषाढ २३ २०८३
  • एजेन्सी । माइक्रोसफ्टले सोमबार आफ्ना कुल विश्वव्यापी कर्मचारीहरूको २.१ प्रतिशत अर्थात् करिब ४८०० कर्मचारीहरूलाई हटाएको छ ।यो पछिल्लो समय प्रविधि क्षेत्रमा भइरहेको कर्मचारी कटौतीको शृङ्खलाको एउटा महत्वपूर्ण कदम भएको विश्लेषण गरिएको छ ।कर्मचारी कटौतीको मुख्य मार माइक्रोसफ्टको ‘एक्सबक्स’ र ‘कमर्सियल सेल्स’ विभागमा परेको छ । माइक्रोसफ्टका अनुसार एक्सबक्सबाट मात्र १६०० कर्मचारीहरूले सोमबार जागिर गुमाएका छन् ।माइक्रोसफ्टकी कार्यकारी उपाध्यक्ष तथा प्रमुख मानव संसाधन अधिकृत एमी कोलम्यानले लेखेकी छिन्,’हाम्रो व्यवसाय परिवर्तन भइरहेको छ किनभने हाम्रो वरपरको संसार बदलिरहेको छ । प्रविधिको निर्माण र प्रयोग गर्ने तरिका मेरो यहाँको कार्यकालमा कहिल्यै नभएको गतिमा रूपान्तरण भइरहेको छ । हाम्रा ग्राहकका आवश्यकता र व्यापारिक मोडेलहरू परिवर्तन भइरहेका छन्, जसको अर्थ हाम्रो काम गर्ने शैली र संगठन पनि परिवर्तन हुनुपर्छ ।’

    images
    images

    कोलम्यानले एआईले काम गर्ने तरिका भने बदलिरहेको बताएकी छन् ।माइक्रोसफ्टले हालै ‘फ्रन्टियर कम्पनी’ नामक नयाँ बिजनेस युनिट स्थापना गरेको छ, जसमा २.५ बिलियन डलर लगानी गरिएको छ ।यो युनिटले एआई प्रविधिको प्रयोग र विकासमा ध्यान दिनेछ । धेरै विश्लेषकहरूका अनुसार, रोजगारी कटौती र एआईमा लगानी बढ्नुबीच सीधा सम्बन्ध देखिएको छ ।एक्सबक्सकी सीईओ आशा शर्माले यसलाई एक्सबक्सको इतिहासकै सबैभन्दा ठूलो पुनर्संरचना भनेकी छिन् ।उनका अनुसार एक्सबक्सको हालको व्यवसाय स्वस्थ छैन र यसको मुनाफा दर अन्य प्रतिस्पर्धी कम्पनीहरूको तुलनामा ३ देखि १० गुणा कम छ ।

    गेम पास जस्ता सेवाहरूले अपेक्षित गति लिन नसकेको र गेमिङ उद्योगले इतिहासकै गम्भीर ‘हार्डवेयर संकट’ झेलिरहेको उनले उल्लेख गरिन् ।सन् २०२६ को पहिलो ६ महिनामा मात्रै टेक उद्योगमा करिब १ लाख ५४ हजार मानिसले जागिर गुमाएका छन् । मेटा, ओराकल, अमेजन र कग्निजेन्ट जस्ता ठूला कम्पनीहरूले पनि हजारौँको संख्यामा कर्मचारी कटौती गरेका छन् ।माइक्रोसफ्टले भने कर्मचारीहरूलाई नयाँ सीप सिकाएर अन्य भूमिकाहरूमा व्यवस्थापन गर्ने प्रयास गरिरहेको बताएको छ । कोलम्यानका अनुसार, गत वर्ष ४,००० भन्दा बढी कर्मचारीहरूलाई कम्पनीभित्रै नयाँ भूमिकाहरूमा स्थानान्तरण गरिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend