images

२०८३ आश्विन १७ गते

images
images
images

खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस

खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस

images
images
सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम संस्कारका लागि सोमबार राजधानी तेहरानमा विशाल शोक जुलुस सुरु भएको छ । खामेनीको पार्थिव शरीरलाई राष्ट्रिय झण्डाले ढाकिएको कफिनमा राखी परिवारका सदस्यहरूसहित ट्रकमार्फत तेहरानका मुख्य सडक हुँदै मेहराबाद अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिएको छ । फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले सुरु गरेको युद्धको प्रारम्भिक चरणमा भएको हवाई आक्रमणमा उनको मृत्यु भएको थियो ।इरानी राज्य सञ्चारमाध्यमका अनुसार जुलुस सुरु भइसकेको छ भने सरकारप्रति जनसमर्थन प्रदर्शन गर्ने उद्देश्यले ठूलो सङ्ख्यामा नागरिकलाई सहभागी गराइएको छ । शोक अवधिलाई मध्यनजर गर्दै सडक, हवाई क्षेत्र तथा सार्वजनिक गतिविधिमा विशेष प्रतिबन्ध लगाइएको छ । शनिबारदेखि सुरु भएको राष्ट्रिय शोक बिहीबारसम्म रहनेछ । त्यसपछि ८६ वर्षीय खामेनीलाई उनको जन्मस्थान मशहदस्थित इमाम रेजा मन्दिर परिसरमा अन्त्येष्टि गरिनेछ ।

    images
    images

    यसबीच, संयुक्त राज्य अमेरिकाले हर्मुज जलघाँटी पूर्ण रूपमा पुनः सञ्चालन, इरानको विवादित आणविक कार्यक्रम नियन्त्रण तथा युद्धको स्थायी अन्त्यका लागि वार्ता अघि बढाउन दबाब दिइरहे पनि अन्त्येष्टि सम्पन्न नभएसम्म वार्ता स्थगित रहने सङ्केत देखिएको छ ।अन्त्येष्टिको वातावरणबीच खामेनीको मृत्युको बदला लिनुपर्ने आवाज पनि चर्किएको छ । जुलुसमा सहभागी केही शोकाकुल व्यक्तिहरूले बोकेका प्लेकार्डमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध आक्रोश व्यक्त गरिएको थियो । अमेरिकी अधिकारीहरूले सन् २०२० मा जनरल कासिम सुलेमानीको हत्या भएपछि ट्रम्प र अन्य अधिकारीविरुद्ध इरानबाट आउने सम्भावित धम्कीहरू लामो समयदेखि निगरानीमा राख्दै आएका छन् । यद्यपि इरानले ट्रम्पको हत्या गर्ने कुनै षड्यन्त्र रहेको आरोप निरन्तर अस्वीकार गर्दै आएको छ ।

    यता ट्रम्पले पनि युद्धका क्रममा इरानविरुद्ध कडा चेतावनी दिँदै देशको सभ्यतासमेत ध्वस्त पार्ने धम्की दिएका थिए । शोक जुलुसमा सहभागी फातिमा हसनले भनिन्, “आज हामी आफ्ना नेताप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न आएका छौँ । यो हाम्रो लागि अत्यन्त पीडादायी दिन हो। हामी उनलाई बिदाइ मात्र गर्न होइन, उनको मृत्युको बदला लिन पनि प्रतिबद्ध छौँ ।”

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend