images

२०८३ आश्विन १७ गते

images
images
images

एनपीएलको अक्सन आज हुँदै,खेलाडी अन्तिम सूचीमा

एनपीएलको अक्सन आज हुँदै,खेलाडी अन्तिम सूचीमा

images
images
सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) काे तेस्रो संस्करणका लागि आज अक्सन हुँदैछ ।नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रत्येक टोलीले थप दुई नेपाली खेलाडी खेलाडी राख्न पाउने छन् ।त्यसैगरी अक्सनबाट अन्तिम सूचीमा रहेका १५५ मध्ये ५२ खेलाडी विभिन्न फेन्चाइज टोलीमा अनुबन्ध हुनेछन् ।अक्सनका लागि ३४७ खेलाडीले नाम दर्ता गरेकामा १५५ जना अन्तिम सूचीमा अटाएका हुन् ।

    images
    images

    अन्तिम सूचीमा परेका खेलाडीलाई तीन श्रेणीमा विभाजन गरिएको छ । अक्सन लागि श्रेणी ‘ए’मा पाँच, श्रेणी ‘बी’ मा २७ र श्रेणी ‘सी’ मा १२३ खेलाडी छन् ।अक्सनमा जनकपुर बोल्ट्ससँग खर्च गर्न सर्वाधिक ६६ लाख २५ हजार रुपैयाँको खर्च सीमा छ । काठमाडौं गोर्खाजसँग सबैभन्दा कम मात्र ३४ लाख रुपैयाँ बाँकी छ ।एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स, चितवन राइनोज, काठमान्डु गोर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स गरी आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।पहिलो संस्करणमा जनकपुर र दोस्रो संस्करणमा लुम्बिनी च्याम्पियन बनेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend