images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • कोरिया जाने नेपाली श्रमिकको भिसा शुल्क...

कोरिया जाने नेपाली श्रमिकको भिसा शुल्क बढ्यो

कोरिया जाने नेपाली श्रमिकको भिसा शुल्क बढ्यो

images
images
शुक्रवार, आषाढ १९ २०८३
शुक्रवार, आषाढ १९ २०८३
  • काठमाडौं । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत जाने नेपाली श्रमिकको भिसा शुल्क वृद्धि गरेको छ। नेपालस्थित कोरियाली दूतावासले लिने भिसा शुल्क ६ सय रुपैयाँले बढाएर ११ हजार ३ सय रुपैयाँ कायम गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ।

    images
    images

    वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सूचना जारी गर्दै नयाँ शुल्क तत्काल लागू भएको जानकारी दिएको हो। शाखाका अनुसार ईपीएसमार्फत दक्षिण कोरिया जाने तथा सीसीभीआई प्राप्त गरेका श्रमिकले आवश्यक कागजातसहित स्वयं ईपीएस कोरिया शाखामा उपस्थित भएर भिसा आवेदन फाराम बुझाउनुपर्नेछ।

    शाखाले निर्धारित प्रक्रिया पालना गरी समयमै आवेदन दिन श्रमिकहरूलाई आग्रह गरेको छ। नयाँ शुल्क लागू भएसँगै दक्षिण कोरिया जाने तयारीमा रहेका नेपाली श्रमिकको भिसा खर्चमा केही वृद्धि हुने भएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend