images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • क्रोएसियालाई पराजित गर्दै पोर्चुगल विश्वकपको अन्तिम...

क्रोएसियालाई पराजित गर्दै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई पराजित गर्दै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

images
images
शुक्रवार, आषाढ १९ २०८३
शुक्रवार, आषाढ १९ २०८३
  • काठमाडौँ, १९ असार । फिफा विश्वकप २०२६ अन्तर्गत आज भएको खेलमा क्रोएसियालाई पराजित गर्दै पोर्चुगल विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

    images
    images

    क्यानडाको टोरन्टो स्टेडियममा आज भएको खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।

    पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो र गोन्कालो रामोसले समान एक एक गोल गरे । खेलमा पहिलो अग्रता भने क्रोएसियाले लियो । खेलको ५३ औँ मिनेटमा इभान पेरिसिसचले  गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । 

    images
    images

    त्यसपछि खेलको ६८ औँ मिनेटमा पोर्चुगलका  क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए । 

    खेलको दोस्रो हाफको अतिरिक्त समयमा रामोसले गोल गरे । त्यसयता खेलमा गोल हुन सकेन र पोर्चुगलले क्रोएसियामाथि २–१ गोलको जित हासिल गर्यो । अब पोर्चुगलले अन्तिम १६ मा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend