images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम...

अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

images
images
शुक्रवार, आषाढ १९ २०८३
शुक्रवार, आषाढ १९ २०८३
  • काठमाडौँ १९ असार । अस्ट्रियालाई  पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा पुगेको छ ।

    images
    images

    अमेरिकाको लस एन्जल स्टेडियममा आज भएको खेलमा अस्ट्रियालाई ३–० गोलअन्तरले  पराजित गर्दै विश्वकपको अन्तिम १६ मा स्थान बनाएको हो । 

    स्पेनले १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित हासिल  गरेको हो । सन् २०१० को विश्वकप जिते यता स्पेनले विश्वकपको नकआउट चरणमा जित हासिल गर्न  सकेको थिएन ।

    images
    images

    स्पेनले खेलको  ३६औँ  मिनेट मार्क कुकुरेलाको पासमा मिकेल ओयार्जाबालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए । खेलको  ६६औँ मिनेटमा अलेक्स बाएनाको क्रसमा पेड्रो पोरोले हेडमार्फत गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ८९औँ मिनेटमा कुकुरेलाकै अर्को उत्कृष्ट पासमा ओयार्जाबालले व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेनले ३–० को सहज जित निकाल्यो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend