images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • फिफा विश्वकप २०२६ बोस्नियालाई पराजित गर्दै...

फिफा विश्वकप २०२६ बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप २०२६ बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

images
images
बिहिवार, आषाढ १८ २०८३
बिहिवार, आषाढ १८ २०८३
  • काठमाडौँ, १८ असार . बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

    images
    images

    सान फ्रान्सिस्को बे एरिया स्टेडियममा आज  भएको खेलमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै  अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

    अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले समान  एक एक गोल गरे । खेलको  ४५औँ मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई पहिलो अग्रता दिलाए । 

    images
    images

    त्यसपछि खेलको ६४ औँ मिनेटमा  फोलारिन बालोगुनले रातो कार्ड खाँदै मैदान  बाहिरिएपछि अमेरिका १० खेलाडीमा सीमित बनेको थियो । त्यसपछि पनि अमेरिकाले खेलको ८२औँ मिनेटमा अर्काे गोल थप्यो । उसका लागि टिलम्यानले गोल गरे  ।

     गए राति भएको अर्को खेलमा बेल्जियमले सेनेगललाई ३–२ गोलले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा पुगेका थियो । अब विश्वकपको अन्तिम १६ को खेलमा अमेरिकाले बेल्जियमसँग खेल्नेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend