काठमाडौँ । नेपाली परिकारको मौलिक स्वादलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने अभियानमा ८८४८ मोमो हाउसले उल्लेखनीय सफलता हासिल गरेको छ। विश्वकै सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर)बाट प्रेरित नाम बोकेको यो नेपाली रेस्टुरेन्ट श्रृंखला आज अस्ट्रेलियाबाट विश्वव्यापी ब्रान्डका रूपमा विस्तार भइरहेको छ। नेपालको पहिलो खाद्य शब्दकोश ‘फलाङ फुड डिक्सनरी’का लेखक शिव न्यौपानेले यसलाई नेपाली उद्यमशीलता, संस्कृति र परिश्रमको उत्कृष्ट उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
नेपाली युवा उद्यमी होम प्यासीद्वारा स्थापित ८८४८ मोमो हाउसको मुख्य उद्देश्य नेपाली मौलिक स्वाद, संस्कृति र आतिथ्यलाई विश्वभर परिचित गराउनु हो। सानो रेस्टुरेन्टबाट सुरु भएको यसको यात्रा आज अस्ट्रेलियाका प्रमुख शहरहरूसहित युरोपसम्म विस्तार भइसकेको छ। नेपाली परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यका साथ सञ्चालनमा आएको यो ब्रान्ड अहिले नेपाली खानाका पारखीहरूका लागि लोकप्रिय गन्तव्य बनेको छ।
मोमोदेखि हिमालयन फ्युजनसम्मको स्वाद
८८४८ मोमो हाउसको मुख्य आकर्षण हातैले तयार गरिने स्वादिष्ट मोमो हो। यसका साथै परम्परागत चाउमिन, सेकुवा, नेपाली तथा हिमाली परिकार, विभिन्न प्रकारका करी, भातका परिकार र आधुनिक स्वादसँग संयोजन गरिएका हिमालयन फ्युजन व्यञ्जनहरूले ग्राहकको मन जितिरहेका छन्।
ताजा सामग्रीको प्रयोग, गुणस्तरमा सम्झौता नगर्ने नीति र मौलिक स्वादलाई जोगाउने प्रतिबद्धताका कारण विभिन्न देशका ग्राहकहरू यसतर्फ आकर्षित भएका छन्। शाकाहारी तथा भेगन परिकारको पर्याप्त विकल्प उपलब्ध गराइएकाले यसको ग्राहक वर्ग अझ व्यापक बनेको छ।
अस्ट्रेलियादेखि युरोपसम्म विस्तार
मेलबर्नबाट सुरु भएको ८८४८ मोमो हाउस अहिले सिड्नी, ब्रिस्बेन, रकह्याम्पटन, केर्न्स, पर्थ हुँदै जर्मनीको फ्राङ्कफर्टसम्म पुगेको छ। कम्पनीले अब क्यानबेरा, संयुक्त राज्य अमेरिका, जापान, दुबई र भारतमा समेत आफ्नो शाखा विस्तार गर्ने योजना अघि बढाएको छ।
यस विस्तारले नेपाली परिकारलाई अन्तर्राष्ट्रिय बजारमा नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। कम्पनीको लक्ष्य केवल रेस्टुरेन्ट सञ्चालन गर्नु मात्र नभई नेपाली खानालाई विश्वव्यापी ब्रान्डका रूपमा स्थापित गर्नु रहेको बताइन्छ।
अनुभवी नेतृत्व र बलियो व्यवस्थापन
संस्थापक होम प्यासीको नेतृत्वमा कम्पनीले व्यवसाय विस्तारलाई तीव्र बनाइरहेको छ। मुख्य वित्तीय अधिकृत गौरव शर्मा, मुख्य प्राविधिक अधिकृत सुरज पाण्डे, मुख्य बजार व्यवस्थापक हिरोशी खनाल तथा सञ्चालन र अनुपालन टोलीले कम्पनीलाई गुणस्तर, नवीनता र ग्राहक सन्तुष्टिको उच्च मापदण्डमा अघि बढाइरहेका छन्।
उनीहरूको समन्वयले व्यवसाय विस्तारसँगै सेवा गुणस्तर कायम राख्न महत्वपूर्ण भूमिका खेलेको छ।
८८४८ मोमो फ्याक्ट्री, उत्पादन क्षमतामा नयाँ आयाम
रेस्टुरेन्ट सञ्जालसँगै कम्पनीले ८८४८ मोमो फ्याक्ट्री स्थापना गरेर खाद्य उत्पादनलाई औद्योगिक स्वरूप दिएको छ। यस फ्याक्ट्रीले उत्पादन क्षमता बढाउनुका साथै कम्पनीको अन्तर्राष्ट्रिय विस्तारलाई आवश्यक आपूर्ति सुनिश्चित गरिरहेको छ।
उत्पादनमा एकरूपता, गुणस्तर नियन्त्रण र बजार विस्तारका लागि फ्याक्ट्रीले महत्वपूर्ण योगदान पुर्याइरहेको कम्पनीले जनाएको छ।
नेपाली उद्यमशीलताको प्रेरणादायी उदाहरण
८८४८ मोमो हाउस केवल एउटा सफल रेस्टुरेन्ट व्यवसाय होइन, यो नेपाली परिश्रम, सिर्जनशीलता र सांस्कृतिक पहिचानको अन्तर्राष्ट्रिय प्रतिनिधि बनेको छ। स्पष्ट लक्ष्य, गुणस्तरीय सेवा र मौलिक स्वादप्रतिको प्रतिबद्धताले नेपाली परिकार पनि विश्व बजारमा सफल हुन सक्छ भन्ने सन्देश यसले दिएको छ।
लेखक शिव न्यौपानेका अनुसार ८८४८ मोमो हाउस नेपालीहरूको आत्मविश्वास, उद्यमशीलता र विश्वव्यापी सम्भावनाको सशक्त प्रतीक हो। यसले नेपालको मौलिक स्वादलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्दै आगामी पुस्ताका नेपाली उद्यमीलाई विश्वस्तरमा प्रतिस्पर्धा गर्ने प्रेरणा प्रदान गरिरहेको छ।




.gif)





