images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • ट्रम्पको जन्मसिद्ध नागरिकता सीमित गर्ने आदेश...

ट्रम्पको जन्मसिद्ध नागरिकता सीमित गर्ने आदेश अमेरिकी सर्वोच्च अदालतद्वारा खारेज

ट्रम्पको जन्मसिद्ध नागरिकता सीमित गर्ने आदेश अमेरिकी सर्वोच्च अदालतद्वारा खारेज

images
images
बुधवार, आषाढ १७ २०८३
बुधवार, आषाढ १७ २०८३
  • रोयटर्स  । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा जारी गरिएको जन्मसिद्ध नागरिकता सीमित गर्ने कार्यकारी आदेशलाई असंवैधानिक ठहर गर्दै खारेज गरेको छ। अदालतले उक्त आदेश अमेरिकी संविधानको १४औँ संशोधनविपरीत रहेको निष्कर्ष निकाल्दै अमेरिकामा जन्मिने व्यक्तिको नागरिकता अधिकार संविधानद्वारा सुनिश्चित गरिएको स्पष्ट पारेको हो।

    images
    images

    प्रधानन्यायाधीश जोन रोबट्र्ससहित ६–३ को बहुमतले दिएको फैसलामा अमेरिकी कानुनी अधिकारक्षेत्रभित्र जन्मिएका अधिकांश व्यक्तिले स्वतः नागरिकता पाउने व्यवस्था संविधानले सुरक्षित गरेको उल्लेख गरिएको छ। सन् १८६८ मा लागू भएको १४औँ संशोधनले अमेरिकामा जन्मिने सबै व्यक्तिलाई नागरिकताको प्रत्याभूति दिने भएकाले कार्यकारी आदेशमार्फत त्यसलाई सीमित गर्न नमिल्ने अदालतको ठहर छ।

    राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिन जारी गरेको आदेशमा अमेरिकामा जन्मिए पनि अभिभावक दुवै अमेरिकी नागरिक वा कानुनी स्थायी बासिन्दा नभएका बालबालिकालाई जन्मसिद्ध नागरिकता नदिने व्यवस्था गरेका थिए। अध्यागमन नियन्त्रणलाई कडा बनाउने उद्देश्यले ल्याइएको उक्त निर्णयको मानवअधिकार समूह, कानुनविद् र विभिन्न राज्य सरकारले तीव्र विरोध गरेका थिए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend