images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • साउदी अरबद्वारा ३३ नेपाली कैदीलाई शाही...

साउदी अरबद्वारा ३३ नेपाली कैदीलाई शाही आममाफी, नेपाल सरकारद्वारा आभार व्यक्त

साउदी अरबद्वारा ३३ नेपाली कैदीलाई शाही आममाफी, नेपाल सरकारद्वारा आभार व्यक्त

images
images
मंगलवार, आषाढ १६ २०८३
मंगलवार, आषाढ १६ २०८३
  • काठमाडौं, असार १६ । साउदी अरब सरकारले ३३ जना नेपाली नागरिकलाई शाही आममाफी प्रदान गरेको छ। रमजानको अवसरमा साउदी सरकारले गरेको उक्त निर्णयलाई नेपाल सरकारले स्वागत गर्दै हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ।

    images
    images

    परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार साउदी अरबस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको अनुरोधपछि ती नेपाली नागरिकलाई शाही आममाफी प्रदान गरिएको हो।

    मन्त्रालयले साउदी सरकारको यो निर्णय नेपाल र साउदी अरबबीच लामो समयदेखि कायम रहेको मित्रतापूर्ण सम्बन्ध, आपसी सद्भाव र द्विपक्षीय सहकार्यको महत्वपूर्ण उदाहरण भएको उल्लेख गरेको छ।

    images
    images

    नेपाल सरकारले साउदी अरब सरकारको मानवीय निर्णयको उच्च मूल्याङ्कन गर्दै यसले दुई देशबीचको विश्वास, सहयोग र कूटनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

    परराष्ट्र मन्त्रालयका अनुसार आममाफी प्राप्त गरेका नेपाली नागरिकले साउदी अरबको आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कनेछन्। उनीहरूको सुरक्षित स्वदेश फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण नेपाली दूतावासले गरिरहेको मन्त्रालयले जनाएको छ।

    नेपाल सरकारले वैदेशिक रोजगारीका क्रममा विभिन्न कानुनी समस्यामा परेका नेपाली नागरिकको हित संरक्षण तथा आवश्यक कूटनीतिक पहललाई निरन्तर प्राथमिकतामा राख्दै आएको छ। यस निर्णयले साउदी अरबमा रहेका नेपाली श्रमिक तथा त्यहाँ बसोबास गर्ने नेपाली समुदायमा समेत सकारात्मक सन्देश प्रवाह गरेको मन्त्रालयको विश्वास छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend