images

२०८३ आश्विन १७ गते

images
images
images

विश्वका अर्बपतिले रोज्ने सहर, न्युयोर्क पहिलो

विश्वका अर्बपतिले रोज्ने सहर, न्युयोर्क पहिलो

एसियाली सहरहरूको दबदबा

images
images
सोमवार, आषाढ १५ २०८३
सोमवार, आषाढ १५ २०८३
  • काठमाडौँ । विश्वका अर्बपतिहरू सबैभन्दा धेरै कुन सहरमा बस्छन् भन्ने जिज्ञासाको जवाफ सार्वजनिक भएको छ। हुरुन ग्लोबल रिच लिस्ट २०२६ ले विश्वका धनी व्यक्तिहरूको बसोबासका आधारमा प्रमुख सहरहरूको सूची सार्वजनिक गरेको हो।

    images
    images

    प्रतिवेदनअनुसार अमेरिकाको न्युयोर्क विश्वमै सबैभन्दा धेरै अर्बपति बस्ने सहर बनेको छ। न्युयोर्कमा हाल १४६ जना अर्बपति बसोबास गर्दै आएका छन्। अमेरिका विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र हुनुका साथै विश्वका शीर्ष १०० कम्पनीमध्ये आधाभन्दा बढी अमेरिकी कम्पनी भएकाले पनि न्युयोर्क धनीहरूको प्रमुख रोजाइ बनेको अध्ययनले देखाएको छ।

    न्युयोर्कपछि चीनका शेन्जेन, सांघाई, बेइजिङ र हाङझाउ अर्बपति बसोबास गर्ने प्रमुख सहरका रूपमा रहेका छन्। त्यसपछि बेलायतको राजधानी लन्डन सूचीमा परेको छ।

    images
    images

    भारतका आर्थिक तथा प्रविधि केन्द्रहरू मुम्बई, दिल्ली र बेंगलुरु पनि अर्बपतिहरूको उल्लेख्य बसोबास भएका सहरमा समावेश छन्। त्यसपछि हङकङ, सान फ्रान्सिस्को र मस्को धनीहरूको प्रमुख गन्तव्यका रूपमा देखिएका छन्।

    सूचीअनुसार सिङ्गापुर, ताइपेई, पेरिस, साओ पाउलो, ग्वाङ्झाउ, लस एन्जलस र बैंकक मा पनि उल्लेख्य संख्यामा अर्बपति बसोबास गर्छन्। त्यस्तै जकार्ता, टोकियो, इस्तानबुल, स्टकहोम, मिलान, टोरन्टो, मेलबर्न र दुबई पनि विश्वका धनी व्यक्तिहरूको रोजाइमा परेका सहर हुन्।

    प्रतिवेदनले विश्वका अर्बपतिहरू प्रायः आर्थिक गतिविधि, लगानी, प्रविधि, वित्तीय सेवा र विश्वव्यापी व्यापार केन्द्रका रूपमा स्थापित सहरहरूमा केन्द्रित हुने प्रवृत्ति देखाएको छ। विशेषगरी अमेरिका, चीन र भारतका प्रमुख महानगरहरूले विश्वका धनीहरूको आकर्षण निरन्तर बढाइरहेको अध्ययनले उल्लेख गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend