images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • विश्वकप २०२६ समूह चरण सकियो, राउन्ड...

विश्वकप २०२६ समूह चरण सकियो, राउन्ड अफ ३२ को सम्पूर्ण तालिका सार्वजनिक

विश्वकप २०२६ समूह चरण सकियो, राउन्ड अफ ३२ को सम्पूर्ण तालिका सार्वजनिक

images
images
आइतवार, आषाढ १४ २०८३
आइतवार, आषाढ १४ २०८३
  • काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरणका सबै खेल सम्पन्न भएसँगै नकआउट चरण अर्थात् राउन्ड अफ ३२ को सम्पूर्ण तालिका तय भएको छ। विश्व फुटबलका शक्तिशाली राष्ट्रदेखि उदयीमान टोलीसम्मले अन्तिम ३२ मा स्थान सुरक्षित गर्दै उपाधि यात्रालाई निरन्तरता दिएका छन्।

    images
    images

    नकआउट चरणको पहिलो खेलमा दक्षिण अफ्रिकाले क्यानडाको सामना गर्नेछ। सोही दिन पाँच पटकको विश्वविजेता ब्राजिलले एसियाली प्रतिनिधि जापानसँग प्रतिस्पर्धा गर्नेछ। यी दुई खेल जुन २९ मा हुनेछन्।

    जुन ३० मा तीन रोमाञ्चक खेल हुनेछन्। यस दिन जर्मनीले पराग्वेसँग खेल्नेछ भने नेदरल्यान्ड्स र मोरक्को आमनेसामने हुनेछन्। त्यस्तै आइभरी कोस्टले नर्वेको चुनौती सामना गर्नेछ।

    images
    images

    जुलाई १ मा साविक उपाधि दाबेदार फ्रान्सले स्विडेनसँग प्रतिस्पर्धा गर्नेछ। मेक्सिको र इक्वेडरबीचको खेल पनि सोही दिन हुनेछ भने इंग्ल्यान्डले डिआर कंगोसँग भिड्ने तालिका रहेको छ।

    जुलाई २ मा बेल्जियमले सेनेगलसँग प्रतिस्पर्धा गर्नेछ भने आयोजकमध्ये एक संयुक्त राज्य अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनासँग खेल्नेछ।

    जुलाई ३ मा नकआउट चरणका चार महत्वपूर्ण खेल हुनेछन्। स्पेनले अस्ट्रियाको सामना गर्नेछ भने पोर्चुगल र क्रोएसियाबीच उच्चस्तरीय प्रतिस्पर्धा हुनेछ। त्यस्तै स्विट्जरल्यान्डले अल्जेरियासँग खेल्नेछ भने अस्ट्रेलियाले इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ।

    राउन्ड अफ ३२ को अन्तिम दिन अर्थात् जुलाई ४ मा साविक विश्वविजेता अर्जेन्टिनाले केप भर्डेविरुद्ध मैदान उत्रिनेछ। सोही दिन कम्बोडिया र घानाबीच पनि नकआउट चरणको अन्तिम खेल हुनेछ।

    राउन्ड अफ ३२ को खेल तालिका

    दक्षिण अफ्रिका भर्सेस क्यानडा -२९ जुन
    ब्राजिल भर्सेस जापान- जुन २९

    जर्मनी भर्सेस पराग्वे- जुन ३०
    नेदरल्यान्ड्स भर्सेस मोरक्को-जुन ३०
    आइभरि कोस्ट भर्सेस नर्वे- जुन ३०

    फ्रान्स भर्सेस स्विडेन - जुलाई १
    मेक्सिको भर्सेस इक्वेडर -जुलाई १ 
    इङ्ल्यान्ड भर्सेस डिआर कंगो - जुलाई १

    बेल्जियम भर्सेस सेनेगल - जुलाई २
    अमेरिका भर्सेस बोस्निया एन्ड हर्जगोभिना -जुलाई २

    स्पेन भर्सेस अस्ट्रिया - जुलाई ३ 
    पोर्चुगल भर्सेस क्रोएसिया- जुलाई ३ 
    स्विट्जरल्यान्ड भर्सेस अल्जेरिया - जुलाई ३ 
    अस्ट्रेलिया भर्सेस इजिप्ट- जुलाई ३ 

    अर्जेन्टिना भर्सेस केप भर्डे - जुलाई ४ 
    कम्बोडिया भर्सेस घाना-जुलाई ४

    समूह चरणमा केही अप्रत्याशित नतिजा देखिएसँगै यसपटकको नकआउट चरण अझ प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। परम्परागत शक्तिशाली टोलीसँगै पहिलो पटक गहिरो चरणसम्म पुगेका केही राष्ट्रले पनि उत्कृष्ट प्रदर्शन गर्दै उपाधि होडलाई थप रोमाञ्चक बनाएका छन्। अब एक हारले प्रतियोगिताबाट बाहिरिनुपर्ने भएकाले राउन्ड अफ ३२ का सबै खेलहरू 'गर या मर' को प्रतिस्पर्धाका रूपमा रहनेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend