images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही...

अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण

अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण

images
images
आइतवार, आषाढ १४ २०८३
आइतवार, आषाढ १४ २०८३
  • वाशिङ्गटन, १४ असार (रासस–एएफपी) । अमेरिकाले शनिबार इरानमा ‘केही स्थानमा’ नयाँ आक्रमण गरेको जनाएको छ । यो आक्रमण स्ट्रेट अफ हर्मुज हुँदै गन्तव्यतर्फ गइरहेको एउटा जहाजमाथिको पछिल्लो आक्रमणको जवाफमा गरिएको हो ।

    images
    images

    “व्यावसायिक ढुवानीविरुद्ध इरानको निरन्तर आक्रामकताको प्रत्यक्ष जवाफमा अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले आइतबार इरानमाथि आक्रमण गरेको छ,” सेन्टकमले भनेको छ ।

    सेन्टकमले दिएको थप जानकारीमा भनिएको छ, “इरानले २० लाख ब्यारेलभन्दा बढी कच्चा तेल बोकेको पानामाको झन्डा भएको तेल ट्याङ्कर ‘किकु’ माथि शनिबार आक्रमण गरेको थियो । इरानले इन्धन बोकेको ट्याङ्करलाई आक्रमण गरेपछि आइतबार अमेरिकाले प्रतिक्रियास्वरूप इरानका निश्चित स्थानमा हवाई आक्रमण गरेको वासिङ्टनले बताएको छ ।   

    images
    images

    सेन्टकमले पछि ट्विटरमा ३५ सेकेन्डको एउटा धमिलो भिडियो पोस्ट गरेको थियो, जसमा आकाशबाट खिचिएको विभिन्न क्षेत्रमा भएको विस्फोट देखिन्छ।

    “किकु माथि इरानको ड्रोन आक्रमणको जवाफमा अमेरिकी नौसेना र वायुसेनाका लडाकु जेटहरूले स्थानीय समय अनुसार शनिबार राति स्ट्रेट अफ हर्मुज र आसपासका क्षेत्रमा १० वटा इरानी सैन्य लक्ष्यहरूमाथि आक्रमण गरेका छन्,” पोस्टमा लेखिएको छ ।

    अमेरिकी सेनाले यो पछिल्लो आक्रमणले इरानको निगरानी पूर्वाधार, सञ्चार प्रणाली, हवाई प्रतिरक्षा स्थल, ड्रोन भण्डारण सुविधा र समुद्रमा विस्फोटक पदार्थ बिछ्याउने क्षमतालाई लक्षित गरेको थियो।

    इरानी सञ्चार माध्यमहरूले दक्षिणी इरानको सिरिक र केश्म क्षेत्रमा धेरै विस्फोटहरू भएको रिपोर्ट गरेका छन्।

    संयुक्त राज्य अमेरिकाले शुक्रबार पनि इरानले अर्को जहाज ‘एभर लभ्ली’ माथि गरेको आक्रमणको जवाफमा आक्रमण गरेको थियो ।

    –अमेरिकी आक्रमणको बदलामा कुवेत र बहारिनमाथि आक्रमणः इरान–

    यसैबीच, इरानको इस्लामिक रिभोल्युसनरी गाड्र्सले आइतबार अमेरिकाले इरानी भूमिमाथि गरेको आक्रमणको बदलामा कुवेत र बहारिनमाथि आक्रमण गरेको जनाएको छ । यसका साथै गाड्र्सले कुनै पनि थप आक्रामकता भए ‘कडा’ जवाफ दिने चेतावनी दिएको छ ।

    गाड्र्सले आफ्नो विज्ञप्तिमा भनेको छ, “उनीहरूले कुवेतको अलि अल–सलेम र बहराइनको पोर्ट सलमानमा रहेको अमेरिकी नौसेना अड्डा ९फिफ्थ फ्लिट० मा रहेका आठ महत्वपूर्ण अमेरिकी सैन्य सुविधाहरूमा भारी विस्फोटक पदार्थले प्रहार छन्।

    “कुनै पनि शत्रुको आक्रमण, जुनसुकै बहानामा भए पनि, नगण्य लक्ष्यमा भए पनि।।। त्यसको चकनाचुर पार्ने जवाफ दिइनेछ,“ गाड्र्सले थप भनेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend