images

२०८३ कार्तिक २ गते

images
images
images

दर्ता नभएका क्रसर बन्द गर्न निर्देशन

दर्ता नभएका क्रसर बन्द गर्न निर्देशन

images
images
शुक्रवार, आषाढ १२ २०८३
शुक्रवार, आषाढ १२ २०८३
  • म्याग्दी ।  म्याग्दीको रघुगङ्गा गाउँपालिकाले दर्ता प्रक्रिया पूरा नगरी अवैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योग हटाउन सार्वजनिक सूचना मार्फत निर्देशन दिएको छ ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका क्रसर उद्योगलाई एक महिनाभित्र हटाउन निर्देशन दिइएको बताए ।पालिकाले जलविद्युत् र विकास आयोजनाका लागि अनुमति लिएका बाहेक अरु क्रसर उद्योगले नदीजन्य वस्तुको उत्खननमा संलग्न रहेको पाइएमा कानुनी कारबाहीको दायरामा ल्याउने जनाएको छ ।

    images
    images

    यही असार ११ गतेको मितिले लागू हुने गरी एक महिनाभित्र क्रसर उद्योग र उपकरण सामग्री नहटाएमा कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।रघुगङ्गा गाउँपालिकाभित्र हाल पाँच वटा क्रसर उद्योग सञ्चालनमा रहेका अध्यक्ष भवबहादुर भण्डारीले बताए । उनले भने, “राहुघाट जलविद्युत् आयोजनाको चमेरे र बाँध निर्माणस्थलको तथा मोना हाइड्रोपावर र चितवन इनर्जीले घ्याँसीखर्कमा रहेको क्रसर उद्योगले प्रक्रिया पूरा गरेका छन् ।”अवैध क्रसरले नदीजन्य वस्तुको चोरी निकासी गरेर राजस्वमा पनि हानी पु¥याएकाले बन्द गराउन गाउँपालिकाले अग्रसरता लिएको अध्यक्ष भण्डारीले दावी गरे । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend