images

२०८३ आश्विन १७ गते

images
images
images

इरान युद्धमा ८७ अर्ब डलर माग

इरान युद्धमा ८७ अर्ब डलर माग

images
images
बिहिवार, आषाढ ११ २०८३
बिहिवार, आषाढ ११ २०८३
  • इरानसँगको युद्धका कारण बढ्दो सैन्य खर्चका बीच ह्वाइट हाउसले अमेरिकी कङ्ग्रेससँग ८७ अर्ब ६० करोड अमेरिकी डलरको अतिरिक्त बजेट माग गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान नीति र युद्ध व्यवस्थापनमाथि कङ्ग्रेसमा विवाद चर्किरहेका बेला आएको यो प्रस्तावले नयाँ राजनीतिक बहस पनि सिर्जना गरेको छ ।ह्वाइट हाउसको व्यवस्थापन तथा बजेट कार्यालयले बुधबार कङ्ग्रेसलाई पठाएको पत्रमा इरानसँग सम्बन्धित ‘अपरेसन एपिक फ्युरी’ का तत्काल आवश्यकताका साथै अफ्रिकामा फैलिएको इबोला प्रकोप नियन्त्रण र अमेरिकी किसानलाई सहयोग गर्न अतिरिक्त बजेट आवश्यक रहेको जनाएको छ ।

    images
    images

    प्रस्तावित रकममध्ये करिब ७० अर्ब डलर रक्षा मन्त्रालयलाई छुट्याइएको छ । यो रकम सैन्य तयारी, सैनिक कर्मचारीको खर्च, युद्धका क्रममा प्रयोग भएका हतियार तथा सामग्रीको पुनः भण्डारण, सञ्चालन खर्च र गोप्य कार्यक्रमहरूका लागि प्रयोग गरिने जनाइएको छ ।यस अतिरिक्त बजेट प्रस्तावमा अमेरिकी किसानहरूलाई सहयोग गर्न ११ अर्ब डलर तथा अफ्रिकामा फैलिएको इबोला प्रकोप नियन्त्रणका लागि एक अर्ब ४० करोड डलर पनि समावेश गरिएको छ ।प्रशासनले वासिङ्टन डीसी र आसपासका पुनर्निर्माण तथा पूर्वाधार आयोजनाका लागि ५० करोड डलर र न्युयोर्कस्थित पेन स्टेसनको नवीकरण कार्य सम्पन्न गर्न थप एक अर्ब डलर माग गरेको छ ।

    यद्यपि इरानसँगको युद्धप्रति जनसमर्थन कमजोर बन्दै गएका बेला यो खर्च प्रस्तावले कङ्ग्रेसमा कडा चुनौती सामना गर्ने देखिएको छ । दुवै दलका केही सांसदहरूले युद्धसम्बन्धी थप खर्चप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।यसैबीच अमेरिकी सिनेटले मङ्गलबार इरानसम्बन्धी युद्ध अधिकार प्रस्ताव पारित गर्दै कङ्ग्रेसको स्वीकृतिबिना राष्ट्रपति ट्रम्पलाई थप सैन्य कारबाही सुरु गर्न नपाउने व्यवस्था गरेको छ । फेब्रुअरीको अन्त्यदेखि सुरु भएको द्वन्द्वपछि पहिलो पटक यस्तो प्रस्ताव कङ्ग्रेसका दुवै सदनबाट पारित भएको हो ।सिनेटमा केही रिपब्लिकन सांसदहरूले पनि डेमोक्रेटहरूसँग मिलेर मतदान गरेपछि राष्ट्रपति ट्रम्पले उनीहरूको आलोचना गरेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend