images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • होर्मुज जलमार्ग अवरोधको असर : १२...

होर्मुज जलमार्ग अवरोधको असर : १२ सय भन्दा बढी मालवाहक जहाज समुद्रमै रोकिए

होर्मुज जलमार्ग अवरोधको असर : १२ सय भन्दा बढी मालवाहक जहाज समुद्रमै रोकिए

images
images
बुधवार, आषाढ १० २०८३
बुधवार, आषाढ १० २०८३
  • काठमाडौं । विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलमार्ग बन्द हुँदा १२ सय  भन्दा बढी मालवाहक जहाज समुद्रमै रोकिएको जनाइएको छ। बेलायती दैनिक फाइनान्सियल टाइम्सले बीमा कम्पनी एलियान्जको पछिल्लो प्रतिवेदन उद्धृत गर्दै ती जहाजमा करिब १२५ अर्ब अमेरिकी डलर बराबरका सामान रहेको उल्लेख गरेको छ।एलियान्जका समुद्री विभाग प्रमुख जस्टस हेनरिकका अनुसार जलमार्ग अवरुद्ध हुँदा बीमा कम्पनीहरूले वहन गर्नुपर्ने जोखिमको स्वरूपमा समेत ठूलो परिवर्तन आएको छ। उनले प्रमुख समुद्री मार्ग बन्द हुँदा ढुवानी, बीमा र आपूर्ति शृङ्खलामा व्यापक असर पर्ने बताएका छन्।

    images
    images

    अमेरिका र इरानबीच सहमति भएपछि होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने निर्णय गरिएसँगै समुद्री ढुवानी क्रमशः सहज बन्दै गएको बताइएको छ। आधिकारिक तथ्यांकअनुसार पछिल्लो साता खाडी क्षेत्रबाट ६९ वटा जहाज बाहिरिएका छन्। यो संख्या एक साताअघि २४ वटा मात्र थियो। फेब्रुअरीमा द्वन्द्व सुरु भएयताकै सबैभन्दा उच्च साप्ताहिक ढुवानी गतिविधि यही रहेको जनाइएको छ।द्वन्द्वका कारण समुद्री क्षेत्रमा मानवीय तथा आर्थिक दुवै प्रकारका क्षति भएको छ। लामो समय समुद्रमै रोकिनुपर्दा चालक दलका सदस्यहरू मानसिक तथा व्यावसायिक दबाबमा परेको प्रतिवेदनमा उल्लेख छ।

    अन्तर्राष्ट्रिय सामुद्रिक संगठनका अनुसार द्वन्द्वका क्रममा १४ जना जलयान चालकको मृत्यु भएको छ भने ४० भन्दा बढी जहाज क्षेप्यास्त्र आक्रमणको निशानामा परेका छन्।विश्वको ऊर्जा तथा वस्तु आपूर्तिको प्रमुख मार्गका रूपमा रहेको होर्मुज जलमार्गमा देखिएको अवरोधले अन्तर्राष्ट्रिय व्यापार, बीमा क्षेत्र र आपूर्ति व्यवस्थापनमा गम्भीर चुनौती सिर्जना गरेको विश्लेषण गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend