images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–०...

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

images
images
बुधवार, आषाढ १० २०८३
बुधवार, आषाढ १० २०८३
  • काठमाडौँ, १० असार । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी भएको छ । समूह ‘के’अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित ग¥यो ।
     
    पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो नायक बने । उनले दुई गोल गरे । खेलको छैटौँ मिनेटमा ‘कर्नर’बाट आएको बललाई रोनाल्डाले जाली चुमाउँदै टोलीलाई अग्रता दिलाए । त्यसपछि १७औँ मिनेटमा नुनो मेन्डेसले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । ३९औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ३–० को अवस्थामा आयो । खेलको ६०औँ मिनेटमा अब्दवोहिद नेमातोवले र ८७औँ मिनेटमा राफाएल लीओले गोल गरेपछि पोर्चुगलले खेल ५–० गोलअन्तरले जित्यो ।

    images
    images

    जितसँगै पोर्चुगल समूह ‘के’को अङ्क तालिकामा चार अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पोर्चुगलले कङ्गोसँग बराबरी खेलेको थियो । समूह चरणमा लगातार दोस्रो हार बेहोरेको उज्वेकिस्तान अङ्क तालिकाको अन्तिममा छ ।

    विश्वकप प्रतियोगिताअन्तर्गत आज १ः४५ बजे इङ्ल्याण्ड र घानाबीच भिडन्त हुँदैछ भने बिहान ४ः४५ बजे पानमा र क्रोएसियाबीच खेल हुँदैछ । साथै बिहान ७ः४५ बजे कोलम्बिया र कङ्गोबीच खेल हुनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend