images

२०८३ आश्विन १७ गते

images
images
images

११ महिनामा कस्मेटिक आयात १२ अर्ब ६८ करोड नाघ्यो, लिपस्टिक र फेस क्रिमको माग उच्च

११ महिनामा कस्मेटिक आयात १२ अर्ब ६८ करोड नाघ्यो, लिपस्टिक र फेस क्रिमको माग उच्च

images
images
मंगलवार, आषाढ ९ २०८३
मंगलवार, आषाढ ९ २०८३
  • काठमाडौं । नेपालमा शृङ्गार सामान आयात वृद्धि भएको छ । चालु आर्थिक वर्ष ११ महिना (साउनदेखि जेठ) सम्म नेपालमा सौन्दर्य प्रसाधन (कस्मेटिक) समान आयात गत वर्षको तुलनामा उल्लेख्य बढेको हो ।भन्सार विभागको तथ्यांक अनुसार लिप मेकअपदेखि कपालमा प्रयोग हुने विभिन्न स्याहार सामग्री आयातमा मात्रै यस अवधिमा करिब १२ अर्ब ६८ करोड ७४ लाख रुपैयाँ बाहिरिएको छ ।गत आव २०८१/८२ को ११ महिना अवधिमा यी सामग्रीको कुल आयात करिब ११ अर्ब २८ करोड २७ लाख बराबर थियो ।गत वर्षको तुलनामा यस वर्ष यी कस्मेटिक सामग्री आयात समग्रमा करिब १ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको वृद्धि भएको देखिन्छ ।

    images
    images

    तथ्यांक केलाउँदा ओठको सुन्दरता बढाउन प्रयोग हुने ‘लिप मेकअप’ (लिपस्टिक लगायत) सामग्री आयातमा भारी वृद्धि भएको छ । गत वर्ष ११ महिनामा ५९ करोड ३७ लाख रुपैयाँ बराबरको लिप मेकअप आयात भएकोमा चालु आव सोही अवधिमा बढेर ७१ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।त्यसैगरी अनुहारमा लगाउने फेस क्रिम आयात पनि ह्वात्तै बढेको छ । गत वर्ष १ अर्ब १६ करोड ४७ लाख रुपैयाँको फेस क्रिम आयात भएकोमा यस वर्ष बढेर १ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।बडी लोसन आयात पनि ६६ करोड ३ लाखबाट बढेर ७२ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

    वर्गीकरणमा नपरेका ‘अन्य ब्युटी तथा मेकअप’ का सामग्रीमा सबैभन्दा धेरै रकम बाहिरिएको छ, जसको आयात गत वर्षको ४ अर्ब ३ करोड ५१ लाखबाट बढेर यस वर्ष ४ अर्ब ४७ करोड २ लाख पुगेको छ ।आँखाको मेकअप सामान आयात भने २७ करोड २९ लाखबाट सामान्य बढेर २७ करोड ४२ लाख पुगेको छ । यद्यपि, अनुहारमा लगाउने पाउडर आयात भने घटेको छ । गत वर्ष ३७ करोड ८० लाखको पाउडर आएकोमा यस वर्ष २५ करोड २८ लाख रुपैयाँमा झरेको छ ।त्यस्तै हातखुट्टा र नङ स्याहारमा प्रयोग हुने सामग्री आयातमा पनि वृद्धि देखिएको छ । नेल पोलिस आयात गत वर्षको ५ करोड २३ लाखबाट बढेर ५ करोड ८८ लाख पुगेको छ भने अन्य मेनिक्योर र पेडिक्योर सामग्री आयात १ करोड ४८ लाखबाट अस्वाभाविक बढेर ५ करोड २९ लाख पुगेको छ ।जाडोमा छाला सुरक्षाका लागि प्रयोग हुने पेट्रोलियम जेली आयात पनि २ करोड ८७ लाखबाट बढेर ७ करोड ४८ लाख पुगेको छ । आधुनिक शृङ्गार साधन आयात बढ्दा परम्परागत शृङ्गार सामग्री सिन्दुर आयात भने घटेको छ ।

    images
    images

    गत वर्ष १ करोड ३५ लाख रुपैयाँको सिन्दूर आयात भएकोमा यस वर्ष घटेर १ करोड १४ लाखमा सीमित भएको छ ।कपाल स्याहार सम्बन्धी सामग्री आयातमा भने मिश्रित अवस्था देखिएको छ । कपाल धुने स्याम्पु आयात गत वर्ष १ अर्ब १७ करोड ११ लाख रहेकोमा यस वर्ष सामान्य घटेर १ अर्ब १३ करोड २३ लाख कायम भएको छ ।कपालमा लगाउने हेयर कन्डिसनर र हेयर क्रिम आयात पनि  घटेको छ । कन्डिसनर १३ करोड ७६ लाखबाट घटेर १२ करोड १३ लाख र हेयर क्रिम ६ करोड २ लाखबाट घटेर ४ करोड ३९ लाखको भित्रिएको छ ।तर, कपालमा लगाउने तेल आयात भने ६० करोड १२ लाखबाट बढेर ६४ करोड ३४ लाख पुगेको छ । कपाल रङ्गाउने हेयर डाई आयात पनि ९६ करोड २४ लाखबाट बढेर १ अर्ब १ करोड २४ लाख पुगेको छ ।समग्रमा सिन्दूर, पाउडर, स्याम्पु, कन्डिसनर जस्ता सीमित प्रसाधन बाहेक लिपस्टिक, फेस क्रिम, बडी लोसन, हेयर डाई लगायत अधिकांश सौन्दर्य सामग्री आयात र खपत नेपालमा बढ्दै गएको तथ्यांकले देखाउँछ ।यो तथ्यांकले नेपाली बजारमा विदेशी कस्मेटिक सामग्री माग उच्च रहेको र यसमा हुने खर्च पनि बढ्दै गएको देखिन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend