images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • विश्वमञ्चमा नेपाली खानाको पहिचान फैलाउँदै शिव...

विश्वमञ्चमा नेपाली खानाको पहिचान फैलाउँदै शिव न्यौपाने

विश्वमञ्चमा नेपाली खानाको पहिचान फैलाउँदै शिव न्यौपाने

images
images
मंगलवार, आषाढ ९ २०८३
मंगलवार, आषाढ ९ २०८३
  • काठमाडौं, असार ९ । नेपाली खानाको इतिहास, संस्कृति र मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने अभियानमा सक्रिय ‘फालाङ फुड डिक्सनरी’का लेखक शिव न्यौपानेसँग अष्ट्रेलियाको मर्टलफोर्डमा ज्ञानमूलक तथा प्रेरणादायी संवाद कार्यक्रम सम्पन्न भएको छ।

    images
    images

    विश्व खाद्य संस्कृतिसम्बन्धी अध्ययन, अनुसन्धान र दस्तावेजीकरण मार्फत नेपाली परिकारलाई विश्वसामु चिनाउने कार्यमा लाग्नुभएका न्यौपानेको योगदानको कार्यक्रममा विशेष चर्चा गरिएको थियो। नेपाली खानाका परम्परागत स्वाद, तिनको ऐतिहासिक पृष्ठभूमि तथा सांस्कृतिक महत्वबारे उहाँले आफ्ना अनुभव र अनुसन्धानका निष्कर्ष सहभागीहरूसँग साझा गर्नुभएको थियो।

    कार्यक्रममा सहभागीहरूले नेपाली खानालाई विश्वव्यापी पहिचान दिलाउन न्यौपानेले गरिरहेको प्रयासको प्रशंसा गरेका थिए। उनीहरूले यस्ता व्यक्तित्वसँगको अन्तरक्रियाले नयाँ सोच, ऊर्जा र प्रेरणा प्राप्त हुने धारणा व्यक्त गरेका थिए।

    images
    images

    ‘फालाङ फुड डिक्सनरी’ मार्फत नेपाली खाद्य संस्कृति, स्थानीय परिकार तथा तिनको मौलिकतालाई अन्तर्राष्ट्रिय पाठकमाझ पुर्‍याउने अभियानमा लाग्नुभएका न्यौपानेले नेपाली खानाको विश्वव्यापी ब्रान्डिङ आवश्यक रहेको बताउनुभयो। उहाँले नेपाली परिकारलाई पर्यटन, संस्कृति र आर्थिक समृद्धिसँग जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

    कार्यक्रमका आयोजकहरूले नेपाली खाना र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका थिए। साथै, नेपाली खानालाई विश्वभर चिनाउने अभियानमा जनस्तरबाट समेत सहयोग आवश्यक रहेको उल्लेख गरिएको थियो।

    प्रवासी नेपाली समुदायबीच आयोजित उक्त संवादले नेपाली खाद्य संस्कृति र यसको अन्तर्राष्ट्रिय सम्भावनाबारे सकारात्मक बहस सिर्जना गरेको सहभागीहरूले बताएका छन्। नेपालीपनको पहिचान बोकेको खानालाई विश्वव्यापी रूपमा स्थापित गर्ने अभियानमा शिव न्यौपानेजस्ता व्यक्तित्वको भूमिका महत्वपूर्ण रहेको कार्यक्रममा निष्कर्ष निकालिएको थियो। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend