images

२०८३ आश्विन १७ गते

images
images
images

९ महिनामा शिवम् सिमेन्टले कमायो ६२ करोड रुपैयाँ खुद नाफा

९ महिनामा शिवम् सिमेन्टले कमायो ६२ करोड रुपैयाँ खुद नाफा

images
images
आइतवार, आषाढ ७ २०८३
आइतवार, आषाढ ७ २०८३
  • काठमाडौं । शिवम् सिमेन्टले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ६२ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ६१ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको हो ।कम्पनीले गत आवमा ७९ करोड ८० लाख रुपैयाँ, सन् २०२४ मा २६ करोड र सन् २०२३ मा ५९ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।चालु आवको ९ महिनाको अवधिमा ६२ करोड रुपैयाँ खुद नाफा कमाउँदा करिब ५ अर्ब रुपैयाँको कारोबार गरेको छ ।

    images
    images

    कम्पनीले सो अवधिमा ४ अर्ब ९५ करोड ५० लाख रुपैयाँको कारोबार गरेको हो । कम्पनीले सन् २०२५ मा ७ अर्ब ७६ करोड ७० लाख रुपैयाँ, सन् २०२४ मा ७ अर्ब ७० करोड ४० लाख रुपैयाँ र सन् २०२३ मा ७ अर्ब ७५ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।सन् २००३ मा स्थापना भएको कम्पनी सन् २०१५ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेको थियो । कम्पनीमा लक्की ग्रुप, शारदा ग्रुप र गोयल ग्रुपका स्वामित्व छन् ।कम्पनीले ओपीसी सिमेन्ट उत्पादन गरी शिवम् सिमेन्ट ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीको सिमेन्ट उद्योग नजिकै पाँच वटा क्लिङ्कर उत्पादन गर्ने खानीहरु छन् । कम्पनीले शिवम् होल्डिङको ८५ प्रतिशत स्वामित्व ओगटेको छ ।

    साथै, कम्पनीले नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम् सिमेन्टमा ३० प्रतिशत हिस्सा ओगटेको छ । होङ्सी शिवम् सिमेन्ट चीनको होङ्सी समूहसँगको संयुक्त लगानीअन्तर्गत सञ्चालन भइरहेको कम्पनी हो ।

    images
    images

    कम्पनीले आंशिक रुपमा एकीकृत सिमेन्ट उद्योग सञ्चालन गर्दै आएको छ । कम्पनीसँग वार्षिक ६ लाख मेट्रिक टन क्लिंकर र ९ लाख मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता रहेको छ ।कम्पनीले विशेषगरी ओपीसी उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा १५ प्रतिशत सञ्चालन नाफा मार्जिन गरेको छ । गत आवको सोही अवधिमा ८.४ प्रतिशत सञ्चालन नाफा मार्जिन गरेको थियो ।ऋणप्रतिको कम निर्भरता तथा आन्तरिक स्रोतबाट प्राप्त आम्दानीको राम्रो सञ्चितीका कारण कम्पनीको पँुजीकरण तथा ऋण सेवा क्षमतासम्बन्धी सूचकहरु बलिया रहेका छन् । कम्पनीले पछिल्ला तीन वर्षमा नाफाको २८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।कम्पनीको चालु आवको ९ महिनाको अवधिमा समग्र गियरिङ अनुपात ०.०३ गुणा तथा कुल ऋण/सञ्चालन नाफा मार्जिन अनुपात ०.२८ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको गियरिङ अनुपात ०.०१ गुणा थियो ।

    साथै, ऋणको ब्याजदर क्रमिक घट्दै गएकाले कम्पनीको कवरेज सूचकहरू पनि स्वस्थ रहेको रेटिङमा उल्लेख छ । कम्पनीको चालु आवको ९ महिनाको अवधिमा ब्याज भुक्तानी कवरेज अनुपात ६१ गुणाबाट बढेर ७१ गुणा पुगेको छ ।कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब १० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २१ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब ९ करोड ८० लाख रुपैयाँको रेटिङ गराएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend