images

२०८३ कार्तिक ४ गते

images
images
images

ललितपुर महानगरको नीति तथा कार्यक्रम आज

ललितपुर महानगरको नीति तथा कार्यक्रम आज

images
images
शुक्रवार, आषाढ ५ २०८३
शुक्रवार, आषाढ ५ २०८३
  • काठमाडौँ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ ।महानगरपालिकाले नगर सभाको अधिवेशनमार्फत आगामी वर्षका लागि तय गरिएका विकास निर्माण, सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य र वातावरणीय सुधारका योजनाहरू समेटिएको नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । 

    images
    images

    कार्यक्रममा महानगर प्रमुख  चिरीबाबु महर्जनले आगामी वर्षका प्राथमिकता र लक्ष्यहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । ललितपुर महानगरले विशेष गरी 'स्मार्ट सिटी'को अवधारणा, पुरातात्त्विक सम्पदाको पुनरुत्थान र सार्वजनिक यातायात व्यवस्थापन जस्ता विषयलाई विशेष जोड दिने अपेक्षा गरिएको छ । नीति तथा कार्यक्रम पारित भएपछि सोही आधारमा आगामी वर्षको वार्षिक बजेट ल्याइने संवैधानिक व्यवस्था रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend