images

२०८३ कार्तिक ४ गते

images
images
images
  • समाचार
  • शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या उल्लेखनीय वृद्धि, स्थानान्तरणको...

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या उल्लेखनीय वृद्धि, स्थानान्तरणको तयारी

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या उल्लेखनीय वृद्धि, स्थानान्तरणको तयारी

images
images
शुक्रवार, आषाढ ५ २०८३
शुक्रवार, आषाढ ५ २०८३
  • कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या बढेर ३१३ पुगेको छ । संरक्षण कार्यक्रम सुरु भएको करिब डेढ दशकपछि कृष्णसारको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भए पनि बढ्दो सङ्ख्यासँगै व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको हो ।निकुञ्जको पछिल्लो तथ्याङ्कअनुसार कृष्णसारका वयस्क भाले ८१, अर्धवयस्क भाले २०, वयस्क पोथी १०२, अर्धवयस्क पोथी २६ र लिङ्ग पहिचान हुन बाँकी ८४ पाठापाठी रहेका निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । उनका अनुसार संरक्षण कार्यक्रमको सफलतासँगै कृष्णसारको सङ्ख्या निरन्तर बढिरहेको छ ।“अहिले मुख्य चुनौती व्यवस्थापनको हो”, सूचना अधिकारी वाग्लेले भने, “एउटै क्षेत्रमा धेरै सङ्ख्या हुँदा रोगको जोखिम बढ्ने भएकाले प्राकृतिक बासस्थानमा खुला रूपमा छाड्ने वा अन्य उपयुक्त क्षेत्रमा स्थानान्तरण गर्ने विकल्पबारे विभागले अध्ययन गरिरहेको छ ।”

    images
    images

    वन तथा वातावरण मन्त्रालयको निर्णयअनुसार शुक्लाफाँटा र बर्दियाको खैरापुर संरक्षण क्षेत्रबाट भाले-पोथीको सन्तुलित अनुपात मिलाएर चितवनमा कृष्णसार पुनःस्थापना गर्ने तयारी भइरहेको छ । “वंशानुगत (जेनेटिक) विविधता कायम राख्न पनि यो आवश्यक छ”, वाग्लेले भने, “ब्रिडिङ व्यवस्थापन योजनाअनुसार एउटै घेराभित्र मात्र राखिरहनुभन्दा विभिन्न क्षेत्रमा फैलाएर संरक्षण गर्नु दीर्घकालीन रूपमा प्रभावकारी हुन्छ, नयाँपुस्तामा सुधार हुन्छ ।”निकुञ्जको हीरापुर फाँटामा हाल ५८ दशमलव आठ हेक्टर क्षेत्रफलमा तारबार गरी कृष्णसार संरक्षण गरिएको छ । प्रारम्भमा सन् २०१२ मा सात दशमलव पाँच हेक्टर क्षेत्रबाट सुरु भएको संरक्षण क्षेत्र चरणबद्ध रूपमा विस्तार गरी हालको आकारमा पुर्‍याइएको हो ।कृष्णसारलाई खुला घाँसे मैदान मन पर्ने भएकाले प्राकृतिक बासस्थानमा छाड्दा चितुवा, भुस्याहा कुकुर तथा चोरी सिकारीबाट जोगाउनु चुनौतीपूर्ण हुने देखिएको छ । यससँगै छाडा चौपायाबाट सर्ने सङ्क्रामक रोग पनि संरक्षणका मुख्य चुनौतीका रूपमा रहेको सूचना अधिकारी वाग्लेले बताए ।

    चरन क्षेत्रको संरक्षण, घाँसे मैदान व्यवस्थापन तथा मकै, मसुरोलगायत बाली रोपेर आहार व्यवस्थापन गर्ने काम निकुञ्जले गर्दै आएको छ । नियमित बजेट अभावका कारण पछिल्लो समय भने स्रोत व्यवस्थापनमा कठिनाइ भइरहेको सूचना अधिकारी वाग्लेले बताए । शुक्लाफाँटामा कृष्णसार संरक्षणका लागि सन् २०१२ मा नेपालगञ्जको मिनी चिडियाखानाबाट दुई वयस्क भाले, चार अर्धवयस्क भाले, १२ वयस्क पोथी र चार अर्धवयस्क पोथी गरी २२ वटा कृष्णसार ल्याइएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend