काठमाडौं । औद्योगिक क्षेत्रभित्रको भाडा (लिज) सम्बन्धी विवादको अन्तिम कानुनी निष्कर्ष नआएसम्म उद्योगहरूमा विद्युत् लाइन नकाट्न नेपाल उद्योग परिसंघले सरकारसँग आग्रह गरेको छ।परिसंघले अदालतमा विचाराधीन रहेको विषय र भाडा सम्बन्धी अन्तिम कानुनी निर्णय नहुँदासम्म उद्योग सञ्चालनमा प्रत्यक्ष असर पर्ने गरी कुनै पनि प्रकारको विद्युत् आपूर्ति अवरुद्ध नगर्न सम्बन्धित निकायलाई अनुरोध गरेको हो।
परिसंघका अनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भाडा दर पुनरावलोकन गरी नयाँ दर लागू गर्ने निर्णय गरेपछि उद्योगीहरूबीच असहमति देखिएको छ। केही उद्योगहरूले भाडा बुझाउन थालेका छन् भने केहीले अझै असहमति जनाइरहेका छन्।यसैबीच, सात दिनको छोटो समयसीमा दिएर भाडा असुली तथा सेवा अवरुद्ध गर्ने तयारी गरिएको भन्दै उद्योग क्षेत्रले त्यसलाई व्यवहारिक नठानेको जनाएको छ। तत्काल विद्युत् आपूर्ति रोकिएमा उत्पादन, रोजगारी र समग्र औद्योगिक वातावरणमा गम्भीर असर पर्ने चेतावनी पनि दिइएको छ।परिसंघले मुलुकको औद्योगिक उत्पादनलाई निरन्तरता दिन, लगानी संरक्षण गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन सबै पक्षबीच समन्वय आवश्यक रहेको जनाएको छ।




.gif)



