images

२०८३ कार्तिक ४ गते

images
images
images
  • समाचार
  • धान उत्पादन विस्तारका लागि नेपाल-कोरिया बीच...

धान उत्पादन विस्तारका लागि नेपाल-कोरिया बीच १२ मिलियन डलर अनुदान सम्झौता

धान उत्पादन विस्तारका लागि नेपाल-कोरिया बीच १२ मिलियन डलर अनुदान सम्झौता

images
images
बिहिवार, आषाढ ४ २०८३
बिहिवार, आषाढ ४ २०८३
  • काठमाडौं । नेपालको कृषि क्षेत्रमा जलवायु परिवर्तनअनुकूल धान उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यसहित कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (KOICA) र कृषि, वन तथा वातावरण मन्त्रालयबीच १२ मिलियन अमेरिकी डलर अनुदान सहयोगसम्बन्धी सम्झौता सम्पन्न भएको छ।‘क्लाइमेट–रेसिलियन्ट राइस प्रोडक्सन एन्ड प्रोडक्टिभिटी इन्क्रिज इन द तराई रिजन अफ नेपाल (CRRPPI-T)’ नामक परियोजना कार्यान्वयनका लागि आज Record of Discussion (RoD) मा हस्ताक्षर गरिएको हो। सम्झौतापत्रमा KOICA नेपालका देशीय निर्देशक मूहेन कङ र कृषि, वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. हरि बहादुर के.सी.ले हस्ताक्षर गरेका छन्।

    images
    images

    हस्ताक्षर समारोह कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्र मिश्रको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश सचिवहरू समेत साक्षीका रूपमा उपस्थित थिए।सम्झौताअनुसार कोरिया सरकारले KOICA मार्फत सन् २०२६ देखि २०३१ सम्म ६ वर्षको अवधिमा १२ मिलियन अमेरिकी डलर अनुदान सहायता उपलब्ध गराउनेछ। यो परियोजना नेपालमा कृषि क्षेत्रमा हालसम्मकै ठूलो चलिरहेको अन्तर्राष्ट्रिय सहयोग परियोजनामध्ये एक रहेको बताइएको छ। साथै KOICA को नेपालमा यो सबैभन्दा ठूलो द्विपक्षीय कृषि परियोजना पनि हो।परियोजना लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ र कपिलवस्तु तथा सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा कार्यान्वयन गरिनेछ। यस परियोजनाले तराई क्षेत्रलाई लक्षित गरी जलवायु–स्मार्ट कृषि प्रविधिको प्रयोगमार्फत धान उत्पादन वृद्धि, बीउ प्रणाली सुदृढीकरण, कटाइपछि व्यवस्थापन सुधार तथा किसान र उद्यमीका लागि बजार पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ।

    परियोजना नेपाल कृषि अनुसन्धान परिषद् (NARC) र अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्था (IRRI) को प्राविधिक सहयोगमा संघीय तथा प्रदेश सरकारसँगको सहकार्यमा कार्यान्वयन गरिनेछ। विशेषगरी जलवायु परिवर्तनअनुकूल धान बीउ प्रणाली सुदृढीकरण र सुधारिएका धान प्रजातिको विस्तारमा परियोजनाले प्राथमिकता दिनेछ।सम्झौता समारोहमा कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्र मिश्रले नेपाल–दक्षिण कोरिया सहकार्यले धान मूल्य शृंखला मजबुत बनाउने, किसानको आय वृद्धि गर्ने र खाद्य सुरक्षा सुदृढ गर्ने विश्वास व्यक्त गरे। उनले यो परियोजनाले हरित, लचिलो र समावेशी विकास (GRID) अवधारणालाई समेत प्रवर्द्धन गर्ने बताए।त्यसैगरी KOICA नेपालका देशीय निर्देशक मूहेन कङले नेपाल र कोरियाबीचको सहकार्यले कृषि उत्पादकत्व, जलवायु सहनशीलता र ग्रामीण जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान दिने बताए। कृषि मन्त्रालयका सहसचिव डा. हरि बहादुर के.सी.ले कोरियाको कृषि प्रविधि र ज्ञान आदान–प्रदानबाट नेपालले उल्लेखनीय लाभ लिन सक्ने उल्लेख गरे।

    images
    images

    KOICA ले यसअघि पनि बर्दियामा एकीकृत ग्रामीण विकास परियोजना र लुम्बिनी प्रदेशमा फलफूल तथा तरकारी मूल्य शृंखला विकास परियोजना सञ्चालन गरिरहेको छ। यी तीन परियोजनाबीच समन्वय र सहकार्यमार्फत प्रभाव बढाउने लक्ष्य राखिएको छ।सन् १९९१ देखि कोरियाले KOICA मार्फत नेपालका स्वास्थ्य, शिक्षा, कृषि, व्यावसायिक तालिम, ग्रामीण विकास, सूचना प्रविधि तथा पर्यटन क्षेत्रमा करिब २३५ मिलियन अमेरिकी डलर सहायता उपलब्ध गराउँदै आएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend