images

२०८३ आश्विन १८ गते

images
images
images

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ : प्राइम बैंक च्याम्पियन, माछापुच्छ्रे उपविजेता

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ : प्राइम बैंक च्याम्पियन, माछापुच्छ्रे उपविजेता

images
images
सोमवार, जेठ २५ २०८३
सोमवार, जेठ २५ २०८३
  • काठमाडौं। महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सम्पन्न भएको छ। जेठ १७ देखि २० गतेसम्म काठमाडौंमा सञ्चालन भएको प्रतियोगितामा प्राइम कमर्सियल बैंक लिमिटेडले उपाधि जितेको छ भने माछापुच्छ्रे बैंक लिमिटेड उपविजेता बनेको छ।प्रतियोगितामा कुल २४ टिम सहभागी थिए। जसमा ९ वाणिज्य बैंक, ७ विकास बैंक, ३ वित्त कम्पनी, १ लघुवित्त कम्पनी, ३ बिमा कम्पनी तथा १ मर्चेन्ट बैंक सहभागी भएका थिए।

    images
    images

    पुरस्कार वितरण कार्यक्रम जेठ २२ गते शुक्रबार सम्पन्न भएको हो।पूर्व राष्ट्रिय क्रिकेट खेलाडी तथा नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा विजेता प्राइम कमर्सियल बैंकलाई ट्रफी हस्तान्तरण गरिएको थियो भने उपविजेता माछापुच्छ्रे बैंकलाई उपविजेता ट्रफी प्रदान गरिएको थियो।प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत सम्मान गरिएको छ। विकास बैंकका लक्ष्मण प्रधान उत्कृष्ट फिल्डर घोषित भए भने सानिमा जिआईसी इन्स्योरेन्सका अनिल भुजेल उत्कृष्ट विकेटकिपर बने। नेपाल बैंक लिमिटेडका मोहन कुमार श्रेष्ठ उत्कृष्ट बलर घोषित भए। माछापुच्छ्रे बैंकका स्रिजन सुवेदी उत्कृष्ट ब्याट्सम्यान घोषित भए भने प्राइम कमर्सियल बैंकका कृतार्थ शाक्य उत्कृष्ट खेलाडी बने।

    त्यसैगरी सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले फेयर प्ले अवार्ड प्राप्त गरेको छ।महालक्ष्मी विकास बैंकले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, सहभागी टिम तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend