images

२०८३ आश्विन १८ गते

images
images
images

असार १५ गते साल्पा विकास बैंकको साधारणसभा

असार १५ गते साल्पा विकास बैंकको साधारणसभा

images
images
सोमवार, जेठ २५ २०८३
सोमवार, जेठ २५ २०८३
  • साल्पा विकास बैंकले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले असार १५ गते १४ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।उक्त सभा खोटाङको दिक्तेत रुपाकोट मझुवागढी नगरपालिका २ मा रहेको शुभम फाउण्डेसनको परिसरमा बिहान ११ बजेदेखि सुरु हुने छ । सभामा सञ्चालक समितिले तयार पारेको बैंकको आ.व. ०८१/८२ को वार्षिक प्रगती प्रतिवेदन उपर छलफल र अनुमोदन गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष ०८१/८२ को नाफा नोक्शान हिसाब तथा नगद प्रवाह विवरण सहितको अनुसुचीहरु उपर छलफल र अनुमोदन गर्ने, बैंकको आ.व. ०८२/८३ को लागि बाहय लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रामिक निर्धारण गर्ने र आगामी कार्यकालको लागि सञ्चालक समितिको चयन गर्ने प्रस्तावहरु पारित गर्ने छ ।

    images
    images

    त्यस्तै विशेष प्रस्तावका रुपमा बैंकको हालको कार्यक्षेत्र बाहेक थप चार जिल्लामा बैंकको कार्यक्षेत्र विस्तार गर्ने प्रयोजन लगायत अन्य संशोधनका लागि नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन, फेरबदल तथा थपघट गर्न निर्देशन भएमा आवश्यकता अनुसार संशोधन थपघट गर्न सञ्चालक समिति तथा सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियार दिने । सञ्चालकहरुको सेवा सुविधा पुनरावलोकन गरी सोही बमोजिम नियमावलीको सम्बन्धित नियम संशोधन गर्ने ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend