images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • कर्णाली डेभलपमेन्ट बैंक सुधारको बाटोमा ,...

कर्णाली डेभलपमेन्ट बैंक सुधारको बाटोमा , निक्षेपकर्तालाई झण्डै ४८ करोड फिर्ता

कर्णाली डेभलपमेन्ट बैंक सुधारको बाटोमा , निक्षेपकर्तालाई झण्डै ४८ करोड फिर्ता

images
images
आइतवार, जेठ २४ २०८३
आइतवार, जेठ २४ २०८३
  • नेपालगञ्ज । नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको सुधार तथा सुदृढीकरण प्रक्रिया निरन्तर रूपमा अघि बढिरहेको जनाएको छ। समूहले बैंक र व्यवस्थापनलाई लक्षित गरी पछिल्ला दिनमा भइरहेका अवाञ्छित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै समस्या समाधानका लागि सबै सरोकारवालाको सकारात्मक सहयोग आवश्यक रहेको बताएको छ।व्यवस्थापन समूहले जारी गरेको विज्ञप्तिअनुसार नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको २०८१ पुस १० गतेको निर्णयबाट कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, नेपालगञ्ज, बाँकेलाई समस्याग्रस्त संस्था घोषणा गरी व्यवस्थापन नियन्त्रणमा लिइएको थियो। त्यसयता व्यवस्थापन समूहले बैंकको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएको छ। समूहका अनुसार व्यवस्थापन सम्हालेपछि निक्षेप अपचलनमा संलग्न व्यक्तिहरुविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ। साथै बैंकबाट प्रवाहित कर्जाको असुलीमार्फत प्राप्त रकमका आधारमा हालसम्म ४७ करोड ९४ लाख रुपैयाँ बराबरको निक्षेप फिर्ता भुक्तानी गरिसकिएको छ।

    images
    images

    विज्ञप्तिमा कर्जा असुली कार्य निरन्तर जारी रहेको उल्लेख गर्दै सोही आधारमा निक्षेपकर्तालाई रकम फिर्ता गर्ने तथा संस्थालाई थप सुदृढ बनाउने प्रक्रिया क्रमशः अगाडि बढिरहेको जनाइएको छ। तर पछिल्ला केही दिनयता बैंक र व्यवस्थापन समूहलाई लक्षित गरी भइरहेका अवाञ्छित गतिविधिहरूले सुधार अभियानमा थप अवरोध सिर्जना गर्न सक्ने चेतावनी दिइएको छ।  निक्षेपकर्ताको हकहित संरक्षण तथा निक्षेप सुरक्षाप्रति आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको व्यवस्थापन समूहले जनाएको छ। साथै यस्ता गतिविधि नगर्न र नगराउन सबै पक्षसँग आग्रह गर्दै बैंकको समस्या समाधान तथा सुधार अभियान सफल बनाउन निक्षेपकर्ता, सेयरधनी र अन्य सरोकारवालाको सकारात्मक सहयोग आवश्यक रहेको उल्लेख गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend