images

२०८३ आश्विन १८ गते

images
images
images

तीन महिना बित्दा पनि राष्ट्र बैंकले पाएन दोस्रो डेपुटी गभर्नर

तीन महिना बित्दा पनि राष्ट्र बैंकले पाएन दोस्रो डेपुटी गभर्नर

images
images
आइतवार, जेठ २४ २०८३
आइतवार, जेठ २४ २०८३
  • नेपाल राष्ट्र बैंकमा दुईमध्ये एक डेपुटी गभर्नर पदपूर्ति प्रक्रिया लामो समयदेखि अलमलमा परेको छ। केन्द्रीय बैंकमा दुई जना डेपुटी गभर्नर रहने कानुनी व्यवस्था भए तापनि एउटा शक्तिशाली पद तीन महिनादेखि रिक्त रहँदा व्यवस्थापकीय कार्यहरू प्रभावित हुन पुगेका छन्।नेपाल राष्ट्र बैंकका निवर्तमान डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रको ५ वर्षे कार्यकाल गत फागुन २४ गते एकैसाथ सकिएपछि दुवै पद खाली भएका थिए। सरकारले चैत २०८२ मा कार्यकारी निर्देशक किरण पण्डितलाई एक डेपुटी गभर्नरका रूपमा नियुक्त गरे पनि दोस्रो पदमा भने अझै निर्णय लिन सकेको छैन।

    images
    images

    विगतमा दुवै डेपुटी गभर्नर एकैपटक नियुक्त गर्दा कार्यकाल पनि एकैदिन सकिएर नेतृत्व एकैपटक खाली हुने प्रशासनिक जोखिम रहँदै आएको थियो। यही जोखिम टार्न यसपटक सरकारले रणनीतिक रूपमा केही महिनाको ग्याप राख्न खोजेको  एकतर्फी चर्चा चलेको छ  भने अर्कोतिर सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र दोस्रो नाम र वरिष्ठताको विषयमा पूर्ण सहमति नजुट्दा यो नियुक्ति प्रक्रिया लम्बिन पुगेको बहस सुरु भएको  छ ।सरकारले पहिलो चरणमा सातौँ वरीयतामा रहेका किरण पण्डितलाई नियुक्त गरिसकेकाले अब रिक्त दोस्रो पदमा उनीभन्दा सिनियर (वरिष्ठ) कार्यकारी निर्देशकलाई ल्याएर ‘वरिष्ठ डेपुटी गभर्नर’ बनाउने आन्तरिक तयारी भइरहेको छ। राष्ट्र बैंक ऐनअनुसार गभर्नरले बहालवाला कार्यकारी निर्देशकहरूमध्येबाट कार्यक्षमताका आधारमा रिक्त पदको दोब्बर नाम सिफारिस गरेपछि मन्त्रिपरिषद्ले नियुक्ति गर्ने कानुनी प्रावधान छ। यद्यपि, राजनीतिक दलहरूको आन्तरिक भागबन्डा र खिचातानीका कारण देशको केन्द्रीय बैंक तीन महिनादेखि अपूर्ण नेतृत्वमै चल्न बाध्य भएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend