images

२०८३ आश्विन १७ गते

images
images
images

एशियन लाइफको बीमालेख नवीकरणमा शतिप्रतिशतसम्म छुट

एशियन लाइफको बीमालेख नवीकरणमा शतिप्रतिशतसम्म छुट

images
images
बुधवार, जेठ २० २०८३
बुधवार, जेठ २० २०८३
  • एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा १०० प्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीका अनुसार २०८२ वैशाख मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महीना नाघेका (पूर्ण व्यतित भएका) बीमालेखहरू जेठ २० गतेदेखि असार १९ गतेभित्र नवीकरण गरेमा सोमा लाग्ने ब्याजमा छुट दिइने भएको हो ।

    images
    images

    वि.सं. २०७८ जेठ २० गतेभन्दा अघि (५ वर्षभन्दा बढी) व्यतित भएका बीमालेखमा २५ प्रतिशत, वि.सं. २०७८ जेठ २० देखि (५ वर्ष) व्यतित भएका बीमालेखमा ५० प्रतिशत र वि.सं. २०८१ जेठ २० गतेदेखि हालसम्म (२ वर्ष) व्यतित भएका बीमालेखमा १०० प्रतिशत छुट दिइने जनाएको छ ।कम्पनीले २ वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुट नपाइँने र एक पटक ब्याज छुट लिइसकेका बीमितहरूलाई पुनः ब्याज छुट प्रदान नगरिने स्पष्ट पारेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend