images

२०८३ आश्विन १८ गते

images
images
images

मोबाइल नम्बर फेरिए बैंकलाई खबर गर्न आग्रह

मोबाइल नम्बर फेरिए बैंकलाई खबर गर्न आग्रह

images
images
मंगलवार, जेठ १९ २०८३
मंगलवार, जेठ १९ २०८३
  • काठमाडौँ। नेपाल राष्ट्र बैंकले मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई तत्काल जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।राष्ट्र बैंकले जारी गरेको वित्तीय चेतनामूलक सन्देशमा बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउने मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा डिजिटल भुक्तानी सेवाहरू ग्राहकको दर्ता गरिएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध हुने उल्लेख गरेको छ।

    images
    images

    खातासम्बन्धी महत्वपूर्ण विवरणहरू यिनै माध्यमसँग जोडिएका हुने भएकाले मोबाइल नम्बर वा इमेल परिवर्तन भएमा त्यसको अद्यावधिक जानकारी सम्बन्धित संस्थालाई उपलब्ध गराउन आवश्यक रहेको राष्ट्र बैंकले जनाएको छ।राष्ट्र बैंकका अनुसार मोबाइल फोन हराएको, चोरी भएको वा मोबाइल नम्बर परिवर्तन भएको अवस्थामा समयमै जानकारी नदिँदा खातासम्बन्धी संवेदनशील विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्न सक्ने जोखिम रहन्छ।यसैले मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएलगत्तै सम्बन्धित बैंक, वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई जानकारी गराई आफ्नो वित्तीय विवरण सुरक्षित राख्न आग्रह गरिएको छ।

    साथै, मोबाइलमार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्ड तथा आधिकारिक एप्लिकेसन मात्र प्रयोग गर्न पनि राष्ट्र बैंकले सुझाव दिएको छ।राष्ट्र बैंकले वित्तीय सेवासम्बन्धी गुनासो तथा उजुरीका लागि अनलाइन गुनासो पोर्टलमार्फत सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।वित्तीय साक्षरता र ग्राहक संरक्षणलाई सुदृढ बनाउने उद्देश्यले यस्ता जनचेतनामूलक सन्देश नियमित रूपमा जारी गर्दै आएको राष्ट्र बैंकको भनाइ छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend