काठमाडौं । बैंकले का.मु. निर्देशक सुधा श्रेष्ठलाई सह–प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी प्रदान गरेको छ।
बैंकसम्बन्धी सूचना प्रवाह, सञ्चार समन्वय तथा सरोकारवालासँगको सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउन उहाँलाई उक्त जिम्मेवारी दिइएको बैंकले जनाएको छ।
नयाँ जिम्मेवारीसँगै श्रेष्ठले बैंकका आधिकारिक सूचना तथा सार्वजनिक सञ्चारसम्बन्धी कार्यको नेतृत्व गर्नेछिन्।





.gif)





