काठमाडौँ । एनआईसी एसिया बैंक लिमिटेडको २८ औँ वार्षिक साधारण सभा सोमबार काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू स्वीकृत गरेको छ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको हाल कायम साधारण सेयरको चुक्ता पुँजीको २:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई सभाले स्वीकृति प्रदान गरेको छ। सभाले संस्थापक सेयरधनीका तर्फबाट अशोक कुमार अग्रवाल, रामचन्द्र संघई, जयन्त कुमार अग्रवाल तथा सर्वसाधारण सेयरधनीका तर्फबाट आदित्य कुमार अग्रवाल, केशव प्रसाद लम्साल र अनुपा प्रधान राजभण्डारीलाई नयाँ सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ।




.gif)



